|

बैतडी :  पानीमा डुबेर बैतडीमा दुईजनाको मृत्यु भएको छ भने एक जना बेपत्ता रहेका छन्। 

पानी ट्याङ्कीमा डुबेर पुर्चौडी नगरपालिकाका एक बालकको मृत्यु भएको छ।   मृत्यु हुनेमा जिल्लाको पुर्चौडी- १० महरागाउँका  शेरसिंह महराको  ५ वर्षका छोरा  मुकेश महरा रहेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेले जानकारी दिए। घर आगनमै खलिरहेका मुकेश  नजिकै रहेको पानी ट्याङ्कीमा डुबेका थिए।

ट्याङ्कीमा डुबेर घाइते भएका मुुकेशको  जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। यस्तै शनिबार  महाकाली नदीमा डुबेर  शिवनाथ गाउँपालिका १ स्वालाकि १५ वर्षीया रजनी चाँडको मृत्यु भएको थियो।

शिवनाथ गाउँपालिका १ कुस्मतघाटस्थित महाकाली नदीमा शनिबार १० बजेतिर नुहाउने क्रममा डुबेर रजनी बेपत्ता भएकी र डुबेको केहीबेरपछि नेपाल प्रहरी र स्थानीय बासिन्दाले  रजनीको मृत उद्धार गरेको थियो।

रजनीसँगै महाकालीमा नुहाउन गएकी सोही ठाउँकी १२ वर्षीया अस्मिता चाँड बेपता रहेकी छन्। बेपत्ता अस्मिताको खोजी कार्य जारी रहेको छ। अस्मिताको खोजीका लागि  स्थानीय बासिन्दासँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिए पनि अवस्था अज्ञात रहेको  प्रवक्ता पाण्डेले बताए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.