|

काठमाडौँ : आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३ दशमलव २१ अंकले बढेर २ हजार ६६ दशमलव १६ को विन्दुमा कायम भएको छ।

आज ३२२ कम्पनीको १ करोड ७ लाख ७ हजार ८७८ कित्ता शेयर ६६ हजार ५१९ पटक खरिदबिक्री हुँदा ५ अर्ब ७ करोड ७२ लाख ५५ हजार ११६ रुपैयाँ बराबरको कारोबार भएको हो।

आजको कारोबारमा विकास बैंक १ दशमलव ५६, वित्त २ दशमलव ११, जलविद्युत् शून्य दशमलव १९, लघुवित्त १ दशमलव ३६ र म्युचुअल फन्ड शून्य दशमलव ५१ प्रतिशतले बढेको छ भने अरु सबै समूहको उपसूचक घटेको छ। बैंकिङ शून्य दशमलव २९, होटल तथा पर्यटन शून्य दशमलव २१, लगानी शून्य दशमलव २५, जीवनबीमा शून्य दशमलव १८, उत्पादन तथा प्रशोधन शून्य दशमलव २२, निर्जीवन शून्य दशमलव ०९ र व्यापार समूह शून्य दशमलव ४३ प्रतिशतले घटेको छ।

नेपाल फाइनान्स लिमिटेड र गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

सबैभन्दा धेरै घट्नेमा भने बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर मूल्य ७ दशमलव १ प्रतिशतले घटेको छ।

कारोबार रकम र कारोबार भएका शेयर सङ्ख्याका आधारमा आज सबैभन्दा धेरै मेरो माइक्रो फाइनान्स वित्तीय संस्था लिमिटेडको २४ करोड ३२ लाख १८ हजार ४९५ रुपैयाँ बराबरको ३ लाख ६४ हजार ६९५ कित्ता शेयर किनबेच भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.