|

काठमाडौँ : तपश्वी बताउने रामबहादुर बम्जन बालयौन दुरूपयोगमा दोषी ठहर भएका छन्।

सर्लाही जिल्ला अदालतका न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले आज सोमबार उनलाई उक्त कसुरमा दोषी ठहर गरेको अदालतका सूचना अधिकारी सिकिन्दर कापरले थाहाखबरलाई जानकारी दिए। सजाय निर्धारण भने असार १७ गते हुने उनले बताए। 

तोप्चेङ महात्मा गुरु भनिने ज्ञानकुमार बम्जन र जेबी गुरु भनिने जितबहादुर तामाङले भने सफाइ पाएका छन्।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गत पुस २४ गते उनलाई काठमाडौँको बूढानीलकण्ठबाट पक्राउ गरी सर्लाही पठाएको थियो। सर्लाहीकी रिता बोट, नुवाकोटकी कर्मा तामाङ, मकवानपुरकी फुलमाया रुम्बा, सुरेश आले मगर र सञ्चमान बाइला बेपत्ता पारेको आरोप पनि उनीमाथि छ।

उनीहरुलाई सिन्धुली आश्रमबाट वेपत्ता पारिएको दावी गरिएको छ। सर्लाहीको आश्रममा भने उनले बालयौन दुरूपयोग गरेको भनी प्रहरीमा जाहेरी परेको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.