|

काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज सामान्य अंकले बढेको छ। आज नेप्से परिसूचक ५ दशमलव ६० अंकले बढेर २ हजार ७१ दशमलव ७७ को विन्दुमा कायम भएको हो।

आज ३१९ कम्पनीको ९४ लाख ३५ हजार ४५४ कित्ता शेयर ६० हजार ८५८ पटक खरिदबिक्री हुँदा ४ अर्ब १८ करोड ७७ लाख ९६ हजार ८३३ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।

आज बैंकिङ समूह शून्य दशमलव ४६, वित्त समूह २ दशमलव १५, निर्जीवन बीमा शून्य दशमलव २२, व्यापार शून्य दशमलव १८ र अन्य समूह शून्य दशमलव ०१ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ। 

विकास बैंक समूह शून्य दशमलव ३२, होटल तथा पर्यटन १ दशमलव १२, जलविद्युत् १ दशमलव १८, लगानी १ दशमलव ७०, जीवन बीमा शून्य दशमलव ५५, उत्पादन तथा प्रशोधन शून्य दशमलव ३९, लघुवित्त शून्य दशमलव ३४ र लघुवित्त शून्य दशमलव ४२ प्रतिशतले बढेको छ।

ग्लोबल आईएमई बैंक डिबेञ्चर २०८४/८५ को शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ। 

कारोबार रकम र कारोबार भएको शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै १४ करोड ८३ लाख ८ हजार १६ बराबरको २ लाख २४ हजार ९९२ रुपैयाँ बराबरको कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.