|

काठमाडौं :  युरोपेली च्याम्पियनसिप (यूरोकप) को नकआउट समीकरण पूरा भएको छ। 

गएराति समूह चरणका सम्पूर्ण खेल समाप्त भएसँगै युरोको राउन्ड अफ १६ मा खेल्ने टोलीको छिनोफानो भएको हो।

सहभागी २४ टोलीमध्य ८ टोलीले अर्को चरणमा स्थान बनाउन सकेनन्। हंगेरी, स्कटल्यान्ड, क्रोएसिया, अल्बानिया, सर्बिया, पोल्यान्ड, युक्रेन र चेक रिपब्ल्कि समूह चरणबाटै बाहिरिए। 

अन्तिम १६ मा स्पेनले जर्जियासँग खेल्दा जर्मनी र डेनमार्कले एक अर्काको सामना गर्नेछन्। यी दुई खेलको विजेताले क्वाटरफाइनलमा भिड्ने छन्। त्यस्तै पोर्चुगल र स्लोभेनियाको विजेताले सेमिफाइनलमा पुग्न फ्रान्स र बेल्जियमबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ।

रोमानिया र नेदरल्यान्ड्स एक अर्कासँग खेल्दा अष्ट्रिया र टर्कीबीच प्रतिस्पर्धा हुनेछ। यी मध्ये एक टोलीले इंग्ल्याण्ड र स्लोभाकिया तथा स्विटजरल्यान्ड र इटालीको खेलको जित्ने टोलीबिचको विजेतासँग खेल्नेछन्।

शनिबारदेखि राउन्ड अफ १६ चरण सुरु हुनेछ । क्वाटरफाइनलका खेल जुलाई ५ बाट खेलिनेछ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.