|

काठमाडौं : नेकपा एमालेका सांसद गोकुल बाँस्कोटाले दुग्ध किसानहरूले सरकारसँग भीख नभइ पसिनाको मूल्य माग गरेको बताएका छन्। 

बिहीवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले सरकारले दुग्ध किसानहरुको करिब एक वर्षदेखिको माग सम्बोधन गर्न नसकेको भन्दै दुग्ध किसानको ५ अर्ब बढीको रकम भुक्तानी तत्काल गर्न ध्यानाकर्षण गराए।

उनले दुग्ध किसानले न्याय पाउनको लागि अब सडक आन्दोलन नभएर फ्रान्सको जस्तो गरी ट्याक्टर,गाई भैँसी सडकमा छोड्नुपर्ने हो ? भन्दै प्रश्न गरे।

उनले दुग्ध किसानले सरकारसँग ५ अर्ब बढी रकम भुक्तानी नदिँदा किसानले नङ्ग्रा ख्याएको,पसिना बगाएर पनि घर चलाउन समेत रुवाउनुपर्ने अवस्थाको अन्त्य सरकारले गर्न आवश्यक रहेको बताए।

उनले वर्तमान सरकार दुग्धलगायत अन्य किसानहरूलाई समेत रुवाएर आफू हाँसेर बस्न नसुहाउने बताए।

उनले जनताको सरकार भएपछि जनताप्रति जवाफदेही हुनुपर्ने बताए। उनले अहिले पनि दुग्ध विकास संस्थानले १ अर्ब ५५ करोडभन्दा माथि भुक्तानी गर्न बाँकी रहेको बताए। उनले निजी क्षेत्र व्यापार र नाफामा मात्रै लिप्त हुँदा जवाफदेहिता नभएको बताए।

उनले लम्पी स्किनले अर्बौंको क्षति हुँदा समेत किसानहरुले बीमाको रकम लगायत गाईको मूल्य नपाएको पनि बताए।

 सरकारले एउटै वडामा ६ करोडभन्दा बढी रकम तिर्न बाँकी रहेको भन्दै बास्कोटाले यसमा सरकारको दृष्टिकोण माग गरे।

उनले दुग्ध किसानका समस्या समाधानमा प्रधानमन्त्री,अर्थ र कृषि मन्त्रीबाट जवाफ माग गरे। उनले  निजी क्षेत्र मुनाफा,व्यापार ,आयात र कर छुट मात्रै पेश गर्ने भन्दा पनि उद्यमशीलता लगानी गर्ने आवश्यक रहेको बताए।

उनले दुग्ध विकास संस्थानको क्षमता विकास,स्टोरेज,वितरण प्रणाली,कर्मचारी नियुक्ति अधिक दरबन्दी मिलान गर्न आवश्यक रहेको बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.