|

काठमाडौँ : राष्ट्रियसभामा नेकपा (माओवादी केन्द्र) का सांसद सुरेशकुमार आलेमगरले यौन दुर्व्यवहारको आरोप लागेका आरोही निर्मल पुर्जालाई कारबाही नगर्न सरकारसँग आग्रह गरेका छन्।

बिहीवारको राष्ट्रियसभा बैठकमा बोल्दै उनले आरोही पुर्जामगरले विश्व रेकर्ड कायम गर्नुका साथै नेपालको नाम विश्वभर चिनाएको भन्दै सामान्य कारबाही हुनुपर्ने माग राखेका हुन्। उनले निर्मल पुर्जालाई कारबाही गर्ने कुराको आफूले घोर भर्त्सना गर्ने बताए।

उनले पुर्जामाथि गरिने कारबाही तत्काल बन्द गर्न आग्रह गरे। उनले कुनै नियम कानूनको उल्लंघन गरेको भए सामान्य कारबाही हुनुपर्ने बताए। उनले निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाउने कुरा बाहिर आइरहेको भन्दै आरोहण बन्देज गर्न नहुने बताए।

आले मगरले भने‚ ‘निर्मल पुर्जामगर हिमाल आरोहण गर्ने सन्दर्भमा थुप्रै विश्व रेकर्ड कायम गरेका व्यक्ति। उनले आठ हजार मिटरभन्दा अग्ला १४ वटा हिमाल ७ महिनामा आरोहण गरेर विश्व रेकर्ड कायम गरेका छन्। यस्तो व्यक्तिलाई अहिले कारबाही गर्न लागिएको छ। म यसको निन्दा र भर्त्सना गर्न चाहन्छु। उनीमाथि गरिने कारबाही तुरुन्त बन्द गरियोस्। निर्मल पुर्जा मगरलाई पर्वतारोहण गर्नबाट बन्देज लगाइयोस् भन्ने माग उठेको छ, त्यसको पनि म विरोध गर्छु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.