|
फाइल फोटो

काठमाडौं : जग्गाधनी प्रमाणपुर्जा बनाएबापत सेवाग्राहीसँग घुस लिएका नापी कार्यालय ललितपुरका नापी सर्वेक्षक रामवीर यादवलाई नौ महिना कैद सजाय हुने भएको छ। 

विशेष अदालतले उनलाई कैदसहित १ लाख ५० हजार जरिवानासमेत हुने फैसला सुनाएको हो । सेवाग्राहीबाट दुई लाख ५० हजार घुस रकम लिन प्रयोग गरेका विचौलिया विनोद अधिकारीलाई साढे ४ महिना कैद र ७५ हजार जरिवाना हुने फैसला भएको विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार जग्गाधनी पुर्जा बनाएबापत १ लाख रुपैंया लिने नायब सुब्बा प्रदीप पौडेललाई ६ महिना कैद र १ लाख जरिवाना हुने आदेश भएको छ । लेखापढी व्यवसायीहरू आशिषराज बस्नेत र दिनेश बन्जारालाई ३ महिना कैद र ५० हजार जरिवाना हुने फैसला भएको प्रवक्ता कार्कीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.