|

काठमाडौँ :  सत्ता र प्रतिपक्ष दलका शीर्ष नेताबीचको शान्ति प्रक्रियाको बाँकी काम छिटो टुंग्याउनेबारे आज छलफल भएको छ।

आज बालुवाटारमा भएको छलफलमा मुख्यरुपमा संसद्‍मा विचाराधीन टीआरसी विधेयक टुंगोमा पुर्‍याउन सबै जिम्मेवार बन्नुपर्ने विषयमा छलफल भएको कानूनमन्त्री पदम गिरीले जानकारी दिए।

जुन बुँदामा सहमति भएको छैन त्यसलाई निष्कर्षमा पुर्‍याउनेबारे नेताहरू एकमत भएको उनले बताए। संक्रमणकालीन न्यायका धेरै बुँदामा सहमति भइसकेको र तीन चारवटा बुँदामा मात्रै छलफल र सहमति हुन बाँकी रहेकाले तिनै विषयमा सहमति खोज्न सरकारले पहलकदमी अघि बढाएको उनको भनाइ छ।

टुंगोमा पुग्न भने थप छलफल गरिने गिरीले बताए। दलहरूबीच सहमति गरेरै अगाडि बढ्ने भएकाले यो विषय टुंग्याउनेबारे आशंका गर्नुनपर्ने गिरीले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.