|

काठमाडौं : कोपा अमेरिकामा आयोजक अमेरिका पानमासँग पराजित भएको छ। आज बिहान भएको तनावपूर्ण खेलमा अमेरिका पनमासँग २-१ ले पराजित हुन पुग्यो। 

खेलको १७औँ मिनेटमा पनामाका खेलाडीलाई मैदानै हातले हानेका अमेरिकाका टीम वेह रेडकार्ड खाँदै बाहिरिए पछि अमेरिका १० खेलाडीमा सिमित बन्यो। त्यसको ५ मिनेटमा अमेरिकाले गोल गर्दै अग्रता बनायो। तर ३ मिनेटमै पनामाले बराबरी गोल फर्कायो। 

खेलको ८२ औँ मिनेटमा पनामाका  जोसे फाजार्डोले गोल गर्दै पनामालाई जित दिलाए। ८८औँ मिनेटमा पनामाका अलबर्ट्रो रातो कार्ड खाँदै मैदानबाट बाहिरिँदा पनामा पनि १० खेलाडीमा सिमित बन्यो। तनाव पूर्ण खेलमा पाँच पहेलो र २ रेड कार्ड दिइएको थियो।  

हारपछि अमेरिकाको २ खेलमा ३ अंक भएको छ। क्वार्टरफाइद्दलमा प्रवेशका लागि अमेरिकाले उरुग्वेलाई पराजित गर्नु पर्ने हुन्छ। ग्रुप सी अन्तरगत आजै उरुग्वे र बोलिभियाबिच खेल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.