|

काठमाडौं : नागार्जुन नगरपालिकास्थित रामकोटमा कार दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। 

नागार्जुन६ रामकोटस्थित छमछमे खोलाको कल्भर्टमा बिहान साढे ५ बजे खस्दा कार चालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

उपत्यका प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार नागार्जुन नगरपालिका–६ खरिटारका ४५ वर्षीय पूर्ण दर्नालको मृत्यु भएको हो।

दर्नाल आफैँले चलाएको बा प्र २७ च ०४९१ नम्बरको कार कल्भर्टमा खसेका हो। कार गएराति खसे पनि शुक्रबार बिहान निकालिएको थियो।

दुर्घटनामा गम्भीर घाइते दर्नालको मनमोहन मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.