|

काठमाडौँ : अर्थ मन्त्रालयको नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्न गठित समितिले  छनोट प्रक्रिया नै रद्द गरेको छ। 

समितिले शुक्रबार सूचना जारी गर्दै धितोपत्र बोर्ड अध्यक्षका लागि भएका सबै छनोट प्रक्रिया रद्द भएको जानकारी गराएको हो। 

'नेपाल धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति गर्ने प्रयोजनका निमित्त नाम सिफारिस गर्नका लागि गठन भएको समितिको असार १४ को निर्णय अनुसार नेपाल धितोपत्र बोर्डको अध्यक्षका निमित्त नाम सिफारिस गर्नका लागि गत फागुन १६ गते सूचना प्रकाशन गरी समितिले हालसम्म सम्पन्न गरेका छनोटसम्बन्धी सम्पूर्ण प्रक्रिया रद्द गरिएको बेहोरा सम्बद्ध सबैमा जानकारीका लागि यो सूचना प्रकाशन गरिएको छ', सूचनामा भनिएको छ।

सिफारिस समितिले छनोट गरेका पाँच उम्मेदवारमध्ये तीन जना अन्तर्वार्तामा नै सहभागी नभएपछि उक्त प्रक्रिया तत्कालका लागि रोकिएको बताइएको छ।
यसअघि समितिको दुईवटा बैठक बसेको भए पनि कुनै निर्णय हुन सकेको थिएन। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.