|

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेबाट विद्रोह गरेर न्यायाचित काम गरेको र विद्रोह नगरेको भए गल्लीमा भौँतारिइरहेको हुने बताएका छन्।

शुक्रवार पार्टी केन्द्रीय कार्यालयमा आयोजित ‘जनताका नेता नेपाल’ पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेकपा एमालेबाट विद्रोह गर्नुको अर्को कुनै विकल्प नभएको पनि दावी गरे। 

उनले एमालेबाट विद्रोह नगरेको भए आफूहरु गल्लीमा भट्किइरहेको अवस्थामा हुने बताए। उनले आफूहरुले आत्मसर्मपण नगरेको बताए।

‘नयाँ पार्टी गठन गरेर, विद्रोह गरेर न्यायोचित काम गर्‍यौँ‚ नभए हामी हराइसकेका हुन्थ्यौँ। हामीले गल्लीमा भड्किइरहनुपर्ने स्थिति बन्थ्यो‚ आत्मसर्मपण गर्नुपर्ने अवस्था बन्थ्यो‚’ उनले भने‚ ‘हामीले ती सबै कुरालाई स्वीकार गरेनौँ‚ हामीले समर्पण गरेनौँ। कम्युनिस्ट आन्दोलनलाई निरन्तरता दियौँ र देशमा हाम्रो छुट्टै उपस्थिति अहिलेसम्म देखाएका छौँ। हाम्रो भूमिका स्थापित गरेका छौँ।’

उनले एमालेबाट विद्रोह गरेर आफूहरुले संविधान बचाएको र राजनीतिक स्थिरता कायम गरेको बताए। उनले आफूहरुले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गरेको दावी गर्दै विद्रोह गरेर सही र न्यायोचित काम गरेको बताए। 

‘विद्रोहबाहेक अर्को कुनै विकल्प थिएन‚ विद्रोह गरेर संविधान बचायौँ हामीले। विद्रोह गरेर राजनीतिक स्थिरता कायम गर्‍यौँ। विद्रोह गरेर हामीले मुलुकलाई सही दिशामा अगाडि बढाउन भूमिका निर्वाह गर्‍यौँ‚’ उनले भने‚ ‘अत्यन्तै सही काम गर्‍यौँ। कम्युनिस्ट आन्दोलनलाई जोगायौँ‚ गलत प्रवृत्तिका विरुद्धमा जुध्यौँ।’

अध्यक्ष नेपालले पार्टीले आफ्नो छुट्टै उपस्थिति देखाएको र आफ्नो भूमिका स्थापित गरेको दावी पनि गरे। उनले संसदमा कम सिट आउनासाथ आत्तिनु नपर्ने बताए। आगामी दिनमा पार्टीको सिट संख्या बढ्ने उनको दावी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.