|

संखुवासभा : संखुवासभामा विवाह गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा एक युवा पक्राउ परेका छन्।

विवाह गर्ने प्रलोभन देखाई जबरजस्ती करणी गरेको आरोपमा मकालु गाउँपालिका–५ मांसिमाका ३१ वर्षीय लीलाबहादुर गुरुङलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। 

प्रहरी निरीक्षक लामिछानेका अनुसारआरोपित गुरुङलाई २ वर्षपछि पक्राउ गरिएको हो। आरोपित गुरुङले ०७९ चैतमा शारीरिक अपाङ्गता भएकी एक युवतीलाई विवाह गर्ने लोभ देखाएर जबरजस्ती करणी गरी फरार भएका थिए। 

गुरुङलाई इलाका प्रहरी कार्यालय धरान र जिल्ला प्रहरी कार्यालय संखुवासभाको संयुक्त टोलीले सुनसरीको धरान उपमहानगरपालिका–१६ हंसमार्गबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

पीडित युवतीको उजुरीपछि प्रहरीको विशेष टोलीले गुरुङलाई धरानबाट पक्राउ गरेको हो। गुरुङउपर मुलुकी अपराध संहिता, २०७४ बमोजिम जबरजस्ती करणी मुद्दामा म्याद थपेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। 

संखुवासभामा एक साताअघि २१ महिने बालिकासमेत बलात्कृत भएकी थिइन्। जिल्लामा एक वर्षको अवधिमा एकजना महिला तथा बालिका बलात्कृत भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.