|

काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादी) का नेता सिपी गजुरेलले आफ्नो कम्युनिष्ट पार्टीहरूबीचको एकताको पक्षमा रहेको बताएका छन्।

पुष्पलाल अध्ययन समाजले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन्। नेता गजुरेलले कम्युनिष्ट पार्टीलाई मजबुत बनाउन पनि नेपालका क्रान्तिकारी कम्युनिष्ट पार्टीहरूबीचको एकता अनिवार्य रहेको तर्क गरे। नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको भन्दै उनले त्यसको पक्षमा कम्युनिष्ट पार्टीहरू उभिनुपर्ने बताए।

उनले कम्युनिष्टहरूले जनवादी गणतन्त्रको पक्षमा दृढतापूर्वक उभिनुपर्ने बताए।

नेता गजुरेलले भने, ‘नेपालका कम्युनिष्ट पार्टी एकताको कुरा अहिले हटकेक जस्तै भएको छ। हाम्रो पार्टी एकताको पक्षमा छ। एउटा मजबुत क्रान्तिकारी कम्युनिष्ट पार्टी बन्नु अहिलेको आवश्यकता हो। नेपालमा लोकतान्त्रिक गणतन्त्र जुन आएको छ। त्यो हामीले मागेको हो कि परिस्थितिको उपज हो रु के त्यतिखेरको माओवादीले यही लोकतान्त्रिक गणतन्त्र ल्याउनका लागि जनयुद्ध गरेको हो? त्यो त होइन। एउटा त कम्युनिष्ट आन्दोलन कमजोर भएको छ। त्यसलाई बलियो बनाउनु परेको छ।’

नेता गजुरेलले लोकतान्त्रिक गणतन्त्र माओवादी जनयुद्धको पनि लक्ष्य नभएको बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.