|

काठमाडौं : वर्तमान शासन प्रणालीप्रति नै विमति राख्दै आएको राप्रपा पनि संविधान संशोधनको पक्षमा उभिएको छ।

संविधान संशोधनसहितको मुद्दा उठाएर रातारात संसदका दुई ठूला दल कांग्रेस–एमाले सत्तामा सहकार्य गर्न तयार भएपछि राप्रपा पनि संविधान संशोधनकै पक्षमा उभिएको हो। 

राष्ट्रिय राजनीतिमा आएको उलटफेर पछि मंगलबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकले संविधान संशोधनको पक्षमा पार्टीलाई उभ्याउने निर्णय गरेको प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जानकारी दिए। 

राप्रपाले अब बन्ने कांग्रेस–एमाले सरकारमा सहभागी हुने/नहुने भन्ने विषयमा भने पछि निर्णय लिने भएको छ। बैठकपछि शाहीले भने, ‘हामी संविधान संशोधनको पक्षमा छौँ। नयाँ सरकारबारे परिस्थितिको मुल्यांकन गरेर मात्रै पछि निर्णय लिन्छौं।’

कांग्रेस–एमालेले राष्ट्रिय सरकार बनाउने भन्दै अन्य दललाई पनि अब बन्ने सरकारमा सामेल हुन आह्वान गरेका छन्।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.