काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज करिब ४ अंकले बढेको छ। आज नेप्से परिसूचक ३ दशमलव ७९ अंकले बढेर २ हजार १०४ दशमलव २२ को अंकमा कायम भएको हो।
आज ३१४ कम्पनीको १ करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार १९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम ५ अर्ब ८ करोड ३५ लाख २८ हजार ९३५ रुपैयाँ बराबर पुगेको छ।
आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै ६ दशमलव १२ र वित्त समूहको सूचक ६ दशमलव ०४ प्रतिशतले बढेको छ।
बैंकिङ शून्य दशमलव ६३, विकास बैंक २ दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।
होटल तथा पर्यटन शून्य दशमलव १९, जलविद्युत् शून्य दशमलव ६८, जीवन बीमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन १ दशमलव ०७, लघुवित्त शून्य दशमलव १४, म्युचुअल फण्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आईसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ।
सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४ दशमलव ७० प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको २३ करोड १ लाख ७७ हजार ७७४ रुपैयाँ बराबरको कारोबार भएको छ।
कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार ८१५ कित्ता शेयर किनबेच भएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।