|

कालिकोट : कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला २ सय ३० किलोमिटर सडकखण्डलाई मृत्यूमार्गको उपमा दिने गरिएको छ। साघुरो सडक पानी पर्नेवित्तिकै पहिरो जाने भएकाले मृत्युमार्गको उपमा दिने गरिएको हो।

कर्णाली राजमार्गको यात्रा निकै कठिन रोमाञ्चक पनि छ। कर्णाली राजमार्गले दैलेख, कालिकोट, जुम्ला र मुगुसम्मका बासिन्दा सडक सञ्जालले जोडेको छ। यस राजमार्गको दैलेखको किटुदेखि कालिकोटको राँचुलीसम्मको सडकलाई निकै कठिन राजमार्गको रुपमा लिने गरिन्छ। यो सडकखण्डमा बर्षायाममा कहाँ कतिबेला पहिरो आउने कतिबेला कता के हुने हो पत्तो हुँदैन।

सडक विभागअन्तर्गतको रोड सेक्टर डेभलपमेन्ट प्रोजेक्ट (आरएसडीपी) ले सडक राँचुली, पिली, सुनार खोला, सेरिघाटलगायत ठाउँमा पहिरो जाने गरेको छ। यो ठाउँमा आरएसडीपीले स्तरउन्नति गर्न थालेको छ। यी ठाउँमा दुर्घटना पनि बढी हुने गरेको जिल्ला ट्राफिक कार्यालय कालिकोटले जनाएको छ।

१२ वर्षअघि ट्रयाक ओपन भएर आर्थिक वर्ष ०७० र ०७१ मा ओटासिल सम्पन्न गरिएको राजमार्गका अधिकांश ठाउँमा अहिले पिचको नामनिसान छैन। कर्णाली राजमार्गमा ७ वटा पक्की पुल अझै बनिसकेका छैनन्। पानी पर्दा यी ठाउँमा सवारी साधन जोखिमपूर्ण ढंगले जाने गरेका छन्। 

सडक डिभिजनालय सुर्खेत र जुम्लाले सम्झौता गरेका दैलेखको असराघाट, घट्टेखोला, कालिकोटको टाकुल्ला, खल्लागाड पुलको निर्माण अवधि नाघिसकेको छ। कालिकोटको सिम्लागाढ, बाली, माथिल्लो खल्लागाडमा पनि पुल निर्माण नसकिएको डिभिजन जुम्लाले जनाएको छ।

जोखिम मोलेर खोला तर्दा यात्रु बग्ने गरेका छन्। गत वर्ष सिम्लागाड खोलाले मोटरसाइकलै बगायो। दुई महिला र एक बालिका पनि बेपत्ता भएको प्रहरीले जनाएको छ।

हेर्नुस् फोटोहरु : 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.