काठमाडौं : सोमबार नेप्से परिसूचक ४४ दशमलव ४५ अंकले बढेको छ। यो वृद्धिसँगै बजार २५०८ दशमलव ८६ अंकमा उक्लेको छ। आज ३ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
आज ३१९ कम्पनीको ९७ लाख १७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएका छन्। १७ करोड ६९ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा सिइडिबी हाइड्रोपावर अग्रस्थानमा आएको छ। यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः सर्वोत्तम सिमेन्ट्स र शिवम् सिमेन्ट्स परेका छन्।
२ वटा कम्पनीमा सकारात्मक सर्किट ब्रेकर लागेको छ। म्युचुअल फन्डबाहेक बाँकी सबै समूहका सूचक बढेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।