काठमाडौँ : नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज १ दशमलव ७२ प्रतिशत अर्थात् ४७ दशमलव ४४ अंकले घटेर२ हजार ६९१ दशमलव ९१ अंकमा झरेको छ।
नेप्सेका अनुसार आज विभिन्न कम्पनीका २ करोड ८ लाख ६८ हजार ९१९ कित्ता सेयर ८ अर्ब १८ करोड २ लाख ६२ हजार ५७२ रुपैयाँमा कारोबार भएको छ।
आजको कारोबारमा म्युचुअल फण्डबाहेकका सबै उपसमूहको सूचकमा रातो देखिएको छ भने म्युचुअल फण्डको सूचक स्थिर छ।
नेप्सेका अनुसार कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।
आज कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको १० प्रतिशत, नगादी ग्रुप पावर लिमिटेडको ९ दशमलव ८९ प्रतिशत, हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ५ दशमलव ९१ प्रतिशतले शेयर मूल्य बढेको छ।
साथै इस्टर्न हाइड्रोपावर लिमिटेडको शेयर मूल्य १० प्रतिशत, गुडविल फाइनान्स लिमिटेडको ८ दशमलव ४१ प्रतिशत, एनआईसी एशिया ऋणपत्र २०८२/८३ को ५ दशमलव ८३ प्रतिशतले शेयर मूल्य ओरालो लागेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।