काठमाडौँ : धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज घटेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १८ दशमलव २५ अंकले घटेर २ हजार ६२७ दशमलव १४ मा पुगेको छ।
ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २ दशमलव ९९ अंकले ओरालो लागेर ४७४ दशमलव २६ मा सीमित भएको छ। कारोबार भएका १३ उपसमूहमध्ये जलविद्युत् उपसमूहको मात्रै शेयर मूल्यमा वृद्धि भएको छ।
कूल १ करोड २२ लाख ८३ हजार ६२३ कित्ता शेयर ५ अर्ब ४१ करोड ९१ लाख ४ हजार १५७ रुपैयाँमा कारोबार भएको छ।
नेप्सेका अनुसार नेपाल एसबिआई बैंक ९ दशमलव ७५, पिपल्स पावर ७ दशमलव ८८, सनराइज ब्ल्यूचिप फण्ड ७ दशमलव ६७, समृद्धि फाइनान्स कम्पनी ६ दशमलव १८ र आरबिबी म्युचुअल फण्ड–एकका लगानीकर्ताले ६ दशमलव शून्य १ प्रतिशतले कमाएका छन्।
रावा इनर्जी १०, एनआइबिएल समृद्धि फण्ड–दोस्रो ५ दशमलव ७३, कर्पोरेट डेभलपमेन्ट बैंक ४ दशमलव ९०, गुडविल फाइनान्स ४ दशमलव ५१ र सुपरमाई हाइड्रोपावरका लगानीकर्ताले ४ दशमलव २१ प्रतिशतले गुमाएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।