|

काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ। आज नेप्से परिसूचक १३ दशमलव शून्य ३ अङ्कले घटेर २ हजार ६६७ दशमलव ४० को बिन्दुमा कायम भएको हो।

आज ३२२ कम्पनीको १ करोड ५२ लाख ७० हजार १९७ कित्ता शेयर ७६ हजार ४१८ पटक खरिदबिक्री हुँदा ७ अर्ब ७२ करोड ८८ लाख ६१ हजार २५० रुपैयाँको कारोबार भएको छ।

लगानी समूह शून्य दशमलव शून्य ८ र उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव ६८ प्रतिशतले बढेका छन् भने अरु सबै समूहको उपसूचक घटेको छ।सबैभन्दा बढी विकास बैंक समूह १ दशमलव ६३ प्रतिशतले घटेको छ। 

बैंकिङ शून्य दशमलव ५४, वित्त शून्य दशमलव ३७, होटल तथा पर्यटन शून्य दशमलव ४९ र जलविद्युत् समूह शून्य दशमलव ४१ प्रतिशतले घटेको छ। 

त्यसैगरी जीवन बिमा शून्य दशमलव ५५, लघुवित्त शून्य दशमलव ९४, म्युचुअल फण्ड शून्य दशमलव १२, निर्जीवन बिमा शून्य दशमलव १७, व्यापार शून्य दशमलव शून्य सात र अन्य समूह शून्य दशमलव ७१ प्रतिशतले घटेका छन्।

थ्रीस्टार हाइड्रोपावर लिमिटेडको शेयर मूल्य आज सबैभन्दा बढी ९ दशमलव ९१ प्रतिशतले बढेको छ। सबैभन्दा बढी घट्नेमा भने सेन्चुरी डिभेञ्चर २०८८ ७ दशमलव ७५ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा आज सबैभन्दा बढी ६० करोड ८७ लाख ३६ हजार १५२ बराबरको शेयर किनबेच भएको छ। 

कारोबार भएका शेयर सङ्ख्याका आधारमा ङादी पावर लिमिटेडको सात लाख २० हजार ८१३ कित्ता शेयर किनबेच भएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.