दाङ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमा बन्द गर्न लागेको भन्ने हल्ला सत्यता नभएको बताएका छन्।
शनिबार दाङको शान्तिनगरमा प्रदेशसभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. ३ (२) मा आयोजित कार्यक्रममा बोल्दै उनले केही दिन अगाडि एउटा कार्यक्रममा बोलेको केही भिडिओ क्लिप सामाजिक सञ्जालमा राखेर आफूलाई स्वास्थ्य बिमा बन्द गराउन लागेको भन्दै सार्वजनिक भएको भनाइ सत्यता नभएको बताए।
उनले संस्थागत भएको बिमाले मात्र नेपालमा समाजवाद ल्याउन सक्ने बताए। बिमा सेवाले नै आर्थिक रुपमा विपन्न भएका नागरिकहरूलाई उपचार सेवा उपलब्ध गराउन हुँदा स्वास्थ्य बिमा बन्द गराउन लागेको कुरा सत्यता नभएको समेत उनले बताए। उनका अनुसार गएको वर्षको बजेटमा बिमाको लागि छुट्टाएको बजेट साढे ७ अर्ब थियो।
जुन मितिमा बिमाको लागि रकम छुट्टायो, त्यो मितिमा सरकारले बिमाको रकम तिर्नुपर्ने १६ अर्ब थियो। यो तरिकाले स्वास्थ्य बिमामा गर्न नसकिने भन्न खोज्दा बाहिर गलत प्रचार भएको समेत उनले बताए।
उनले भने,‘ हामी आएको ४ महिनामा त्यो बक्यौता तिर्न साढे ७ अर्ब रकम विनियोजन गरियो। त्यसपछि निरन्तर लबिङ गरेर ३ अर्ब रुपैयाँ ल्याएर २०८१ साउन महिनासम्मको मात्र बक्यौता तिरिएको छ। ’यस्तै गत साउनदेखि आउँदो असारसम्म बिमाको रकम बक्यौता जम्मा हुने भन्दै उनले अहिले भएका बिरामीहरूलाई बिमा सुविधा दिनको लागि मासिक २ अर्ब लाग्ने अनुमान रहेको हुँदा वर्षका २४ अर्ब लाग्ने उनले बताए। उनले भने,‘ २०८२ सम्म बिमाको कुल तिर्नु पर्ने रकम ४० अर्ब जति हुन्छ। यो आर्थिक वर्षको असारसम्म २४ अर्ब र अघिल्लो आर्थिक वर्षको १६ अर्ब रहेको छ। अब आउने बजेटमा १० अर्ब बजेट विनियोजन हुनेगरि छलफल भइरहेको छ।’
४० अर्ब बक्यौता रहेकोमा बजेट आउने भनेको १० अर्ब हो ? अरु बाँकी ३० अर्ब कसले तिर्ने भनेर आफूले डुब्न लागेको बिमालाई उतार्न वास्तविक भनेकोमा प्रचार गलत गरिएको बताए। यस्तै उनले बिमाको ४० अर्ब तिर्न नसक्ने हो ? भने यसको स्वरुप लाई बदल्नु पर्ने समेत बताए। यस्तै उनले बिमा कोषमा एक वर्षको लागि पैसा राखेर नपुग्ने भन्दै बिमा कोष बनाउन आवश्यक रहेको बताए। उनले भने,‘ आफू जस्ता मन्त्री, कर्मचारी सबैलाई बिमा योगदान पु¥याउनको लागि अब कम्तिमा तलबको २ प्रतिशत छुट्टाउन व्यवस्था गर्नुपर्छ। सरकारी तथा गैरसंस्कारी मा सङ्गठित रुपमा तलबको सङ्ख्या १२ लाख बढि छ । ’
यस्तै पछिल्लो समय बिरामीहरू बढ्दै गइरहेको अवस्थामा अब नागरिकहरूले आफ्नो स्वास्थ्यको लागि ध्यान दिनु पर्ने बताए। उनले नेपालको आर्थिक अवस्था कमजोर रहेको हुँदा हामीहरूले आवश्यकताहरू बढिरहेका बेला आम नागरिकहरू विभिन्न रोगले ग्रस्त भएको स्थिति रहेको बताए।
उनले दिनप्रतिदिन बिरामीहरूको सङ्ख्या बढ्दै जाँदा नागरिकको उपचारमा राज्यले आर्थिक भार थेग्न नसक्ने समेत बताए। उनले भने ‘हामीले बोल्दा वा दस्ताबेजहरू लेख्दा स्वास्थ्य निःशुल्क हुनु पर्छ। सबैको पहुँच हुनुपर्छ, भन्दै आएका छौँ। तर, बिरामी बढ्ने क्रम यस्तै रहेमा राज्यले भार थेग्न सक्दैन। त्यसैले उपचार गर्ने राज्यको दायित्व हुन्छ। तर, त्यो अहिले राज्यले पुरा गरेको छ, भन्न म सक्दैन। हामी पर्यत्नमा छौँ।’
उनले राज्यले जतिसुकै पर्यत्न गरेपनि यहि तरिकाले बिरामीहरू बढ्दै जादाँ राज्यले थेग्न नसक्ने भन्दै नेपालीलाई रोग लाग्न नदिने स्थिति निर्माण गर्न जरुरी रहेको समेत औल्याए। यस्तै उनले अब उपचारात्मक क्षेत्रमा मात्र नभइ रोग लाग्न नदिनको लागि निरोधानात्मक क्षेत्रमा पनि काम गर्न गरुरी रहेको बताए। उनले अहिले १४ बर्ष मूनिका बालबालिकाका सबैको देशका ४ वटा अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाएको समेत बताए। यसैगरी ७ प्रदेशका ७ वटा अस्पतालहरुमा क्यान्सर रोगको उपचारको व्यवस्था गरेको भन्दै धनगढीका नागरिकहरू किमो चढाउन चितवन वा काठमाडौँ जानु पर्ने बाध्यता अन्त्य भएको समेत दाबी गरे।
यस्तै मुटु रोगको उपचार सेवा पनि आफूहरु आइसकेपछि अहिले ३ वटा अस्पतालमा सेवा बिस्तारको काम भएको प्रत्यारोपणको अहिले २ वटा अस्पतालमा भएको र वटै प्रदेशबाट सेवा दिने तयारी भइरहेको उनको भनाइ छ। यस्तै अहिले देशमा ८ वटा अस्पतालहरुमा जलन भएका बिरामीहरूको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाएको उनको भनाइ छ। किर्तीपुरमा मात्र रहेको जलन उपचार सेवा वीर अस्पतालमा पनि रहेको र अब ६ वटा प्रदेशहरुमा सेवा विस्तारको काम भइरहेको समेत उनले बताए।
यस्तै उनले आफूहरु आइसकेपछि दाङमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरामा एमविविएसको पढाइ शुरु भएको पनि बताए। यस्तै उनले नेपाली कांग्रेस गुटका आधारमा नेतृत्व उदाउँदा नै मुख्य चुनौति बताए। उनले गुटको आधारमा नभइ विचारको आधारमा नेतृत्व उदाउनु पर्ने बताए। उनले नेपालको आवश्यकता, नेपालको समस्या, समाधानको उपाय के हो ? त्यसका आधारमा नेतृत्व उदाउनु पर्नेमा जोड दिए।
उनले विपी कोइरालाको समयको जस्तै पार्टीमा शसक्त ढंगबाट आउनु पर्ने भन्दै २०१५ सालमा विपीले नेतृत्व गरेको कांग्रेसले ७४ सिट ल्याएर कम्युनिटहरु ४ सिटमा खुम्चेको अवस्थामा अहिले आफुहरुले नेतृत्व गरेको पार्टीमा कम्युनिष्टहरु ठुलो पार्टीहरु रुपमा आएको देखिने भन्दै सोच्ने बेला आएको समेत बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।