४० प्रतिशत क्षयरोगी उपचारबाहिर रहेको अनुमान

|

काठमाडौँ : क्षयरोगका करिब ४० प्रतिशत विरामी समाजमा लुकेका र उपचारबाहिर रहेको हुनसक्ने अनुमान गरिएको छ भने क्षयरोगीमध्ये ६१ प्रतिशत पुरुष रहेका छन्।

विश्व क्षयरोग दिवसको पूर्वसंन्ध्यामा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रले पत्रकार सम्मेलनको आयोजना गर्दै उक्त जानकारी दिएको हो। 

सम्मेलनमा केन्द्रका निर्देशक डा श्रीराम तिवारीले क्षयरोगीममध्ये पुरुषको संख्या ६१ प्रतिशत तथा महिलाको संख्या ३९ प्रतिशत रहेको बताए। 

तिवारीकाअनुसार १४ वर्षमुनिका बालबालिकामा समेत क्षयरोग संक्रमण बढ्दै गएको छ। क्षयरोगीमा १४ वर्षमुनिका बालबालिका ८.६ प्रतिशत रहेको उनले बताए। 

गत वर्ष पत्ता लागेका ४० हजार ७७६ जना विरामी उपचाररत रहेको जानकारी दिए। 

उनले नेपालमा वार्षिक ६८ हजार क्षयरोगका विरामी हुने गरेको तथ्यांक रहेको जानकारी दिए। उनले उपचारको दायरामा नआउने र लुकेर बस्ने विरामी खोज्न केन्द्रले विभिन्न कार्यक्रम सञ्चालन गरेको बताए। 

‘गत वर्ष हामीले क्षयरोग लागेका ४० हजार ७७६ विरामी पत्ता लगाएर औषधि उपचारमा ल्याएका छौँ। अन्तरराष्ट्रिय तथ्यांकले ६८ हजार विरामीहरु प्रतिवर्ष छन् भन्ने देखाएको छ‚’ उनले भने, ‘अझै पनि ४० प्रतिशत विरामी समाजमा लुकेर बसेको हुनसक्ने हाम्रो तथ्यांकले देखाएको छ। त्यस्ता विरामी पत्ता लगाउन हामीले विभिन्न क्रियाकलाप गरिरहेका छौँ। त्यसअनुसार प्रत्येक वर्ष १६ हजार मानिसको मृत्यु क्षयरोगको कारण भएको अनुमान गरिएको छ।’

क्षयरोग भए/नभएको पत्ता लगाउन स्वास्थ्य जाँच गर्ने क्रमसमेत प्रत्येक वर्ष बढ्दै गएको तिवारीले उल्लेख गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.