|

काठमाडौं : सरकारले भारतबाट आयात हुँदै आएका  विभिन्न प्रकारका औषधिहरूमा कडाइ गरेको छ। विशेषगरी भारतबाट औषधि आयात गर्ने आयातकर्ताहरूले भारत सरकारले लागू गर्ने गुड्स एण्ड सर्भिस ट्याक्स (जिएसटी)मा बढी शुल्क लिएको भन्ने गुनासो बढेपछि कडाइ गरिएको औषधि व्यवस्था विभागले जनाएको छ।

विभागका महानिर्देशक नारायण ढकालले भने,​ 'भारतीय कम्पनीले उपत्पादन गरेका औषधि बिक्री वितरणको लागि अन्यदेशहरूमा पठाउँदा जिएसटी शुल्क नलिने सूचना हामीले पाएका छौँ तर आयातकर्ताहरूले यसको पनि शुल्क लिने गरेको गुनासो हामीलाई धेरै आएपछि केही समयलाई भारतीय बजारबाट आयात हुने औषधिहरूमा कडाइ  गरेका हौँ।'

भारतीय कम्पनीहरूले उत्पादन गरेका औषधिहरूमा अन्य देशहरूमा पठाउँदा सुरुमै मूल्यमा १२ प्रतिशत जिएसटी सहितको मूल्य जोडेर औषधि बजारमा पठाउने गर्छ तर आयातकर्ताहरूले भने यसमा पनि आफूले  जिएसटी सहितको मूल्य जोडेर पेस गर्ने गरेको विभागले जनाएको छ।

यसले गर्दा नेपाली बजारमा औषधिको मूल्य फरक पर्छ यसले गर्दा उपभोक्ताले महँगोमा औषधि किनेर खानुपर्ने हुन्छ।

आयातकर्ताहरूले भने विभागले अनावश्यक रूपमा नयाँ बखेडा झिकेर आफूहरूलाई दु:ख दिएको आरोप लगाएका छन्।

विभागका महानिर्देशक ढकालका अनुसार आइतबार आयातकर्ताहरूसँग औषधिको   जिएसटी शुल्कको विषयमा छलफलसमेत भएको बताए।

‘हामीले हिजो मात्रै आयातकर्ताहरूसँग यस विषयमा छलफल गरेका थियौँ तर उहाँहरूले  आयातकर्ताहरूले भने यसमा पनि आफूले  जिएसटी सहितको मूल्य जोडेर पेस नगर्ने गरेको बताइरहनु भएको छ हामी अझै अनुगमनमै छौँ’ महानिर्देशक ढकालले भने।

यता, नेपाल औषधि आयातकर्ताहरूले भने औषधि व्यवस्था विभागको औषधिमा जिएसटी शुल्क नलाग्ने हुनाले हालसम्म विभागले सोही अनुरूपमा औषधि आयातको लागि अनुमति दिए पनि अहिले अप्ठ्यारो पारेको बताएका छन्।

औषधि आयातकर्ता संघका एक पदाधिकारीले भने ‘भारतबाट ल्याइने औषधिमा जिएसटी लगाइने गरिएको छैन हामीले सोहीअनुरूप औषधि आयतको लागि अनुमति पाउँदै आएका थियौँ तर अहिले विभागले भने औषधिको मूल्यमा जिएसटी लगाइएको भन्ने आइरहेको छ यसलाई हटाएर आउनु अनि बल्ल औषधि दर्ता गर्छौँ भनिएको छ यो दु:ख दिने नियत मात्रै हो।'

नेपाली बजारमा उपलब्ध हुने धेरै हिस्सा भारतीय औषधि कम्पनीहरूले उत्पादन गरेका ‍औषधिहरूले ओगट्ने गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.