|

काठमाडौं : गत शुक्रबार तीनकुनेमा भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका मध्ये अझै १३ जना अस्पतालमा उपचाररत रहेका छन्। 
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीका अनुसार उक्त प्रदर्शनमा घाइते भएका १२८ जनामध्ये  सबै डिस्चार्ज भइसकेका र अहिले १३ जना मात्रै उपचाररत रहेका हुन्। 

उनीहरूको हाल वीर अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, पाटन अस्पताल, निजामती कर्मचारी अस्पताल र काठमाडौं मेडिकल कलेज शिक्षण अस्पताल लगायतका अस्पतालहरूमा उपचार भएको छ।

डा बुढाथोकीका अनुसार हाल उपचाररतहरू उनीहरू सबैको आकस्मिक शल्यक्रिया गरी उपचार गरिएका, केही गोली लागेका घाइते हो भने केही गम्भीर चोटपटक लागेका घाइते रहेका छन्। 

सरकारले तीनकुने घटनाका घाइतेहरूको नि:शुल्क उपचार गर्ने घोषणा गरेको थियो। सोहीअनुसार नि:शुल्क उपचार भइरहेको पनि डा. बुढाथोकीले बताए।

तीनकुने प्रदर्शनमा दुई जनाको ज्यान गएको छ। प्रदर्शनको रिपोर्टिङमा खटिएमा एकजना पत्रकारको आगोले जलेर मृत्यु भएको छ भने अर्का एकजनाको प्रहरीको गोली लागी मृत्यु भएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.