|

काठमाडौँ : उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले भक्तपुरको चाँगुनारायणमा निर्माणाधीन १०८ फिट अग्लो महादेवको मूर्ति स्थापनाका लागि तीनै तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक रहेको बताएका छन्।

चाँगुनारायण नगरपालिकामा मंगलवार शुरु भएको शिव पुराण ज्ञान यज्ञको शुभारम्भ गर्दै उपप्रधानमन्त्री सिंहले यस्तो बताएका हुन्। उनले मूर्ति निर्माण सम्पन्न गर्न आफ्नो तर्फबाट गर्नसक्ने सबै सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। 

उनले भने, ‘यो मूर्ति स्थापनाको लागि मैले गर्नुपर्ने काम इमानदारिताका साथ गर्नेछु भन्न चाहन्छु। यो १०८ फिटको शिवजीको मूर्ति बनाउने कुरा र यस क्षेत्रलाई अझै धार्मिक बनाउन संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकार मिलेर तथा आम नेपाली जनता र भक्तजनहरु मिलेर यो कार्यलाई फत्ते गर्नमा लाग्नुपर्छ।’ 

१०८ फिट अग्लो मूर्ति निर्माण सम्पन्न गर्न आर्थिक संकलन तथा धार्मिक महत्व उजागर गर्न शिव पुराण महोत्सव सुरु भएको हो। महोत्सव यही बैशाख १३ गतेसम्म चल्ने बताइएको छ। 

नगरकोट क्षेत्रको संस्कृति, प्रकृति र इतिहासलाई प्रवर्द्धन गर्न ‘नगरकोट भ्रमण वर्ष’ समेत हिजोदेखि सुरु भएको छ।

नगरकोट भ्रमण वर्षलाई समेत लक्षित गरी महोत्सव आयोजना बताइएको छ। भक्तपुर, काभ्रेपलाञ्चोक र काठमाडौँ जिल्लाका ४ नगरपालिकाको संयुक्त आयोजनामा भ्रमण वर्ष शुरु गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.