|

अमेरिकी उपराष्ट्रपति जेडी भेन्स चारदिने भारत भ्रमणको सिलसिलामा सोमबार नयाँदिल्ली आइपुग्दै छन्।

श्रीमती भारतीय मूलकी उषा र तीन सन्तानसहित भारत भ्रमणमा आउन लागेका हुन्। उनले सोमबार नै प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ।

भारतीय समय अनुसार आज साँझ साढे ६ बजे प्रधानमन्त्री मोदीले प्रधानमन्त्री निवासमा भेन्स र उनको परिवारको स्वागत गर्ने कार्यक्रम छ। प्रधानमन्त्री मोदीले जेडी भेन्सको सम्मानमा रात्रिभोज आयोजना गर्नेछन्।

त्यसपछि भारत र अमेरिकाबीच औपचारिक वार्ता हुनेछ। वार्तामा भारतीय टोलीमा विदेश मन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल, विदेश सचिव विक्रम मिस्री र अमेरिकामा भारतका राजदूत विनय मोहन क्वात्रा सहभागी हुनेछन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतसहित ६० देशमा ट्यारिफ (आयात शुल्क) लगाएको बेला उपराष्ट्रपति जेडी भेन्सको भ्रमणलाई चासोका साथ हेरिएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.