|

पोप फ्रान्सिसको सोमवार ८८ वर्षको उमेरमा निधन भएको छ।

इस्टर आइतवार सेन्ट पिटर्स स्क्वायरमा अपेक्षा गरिएअनुसार उनी उपस्थित भएको एक दिनपछि भ्याटिकनले एक वक्तव्य जारी गर्दै पोपको निधन भएको जनाएको छ।

'प्रिय दाजुभाइ र दिदीबहिनीहरू, म गहिरो दुःखका साथ हाम्रा पवित्र पिता फ्रान्सिसको निधन भएको घोषणा गर्दछु', कार्डिनल केभिन फारेलले भ्याटिकनद्वारा आफ्नो टेलिग्राम च्यानलमा प्रकाशित वक्तव्यमा भने, 'आज विहान ७ः३५ बजे (०५:३५ जिएमटी) रोमका विशप फ्रान्सिस, इश्वरको घरमा फर्किनुभयो। उहाँको सम्पूर्ण जीवन प्रभु र उहाँको चर्चको सेवामा समर्पित थियो।'

गम्भीर विमारीपछि अझै पनि आराम गरिरहेको भए तापनि इस्टर आइतवार सेन्ट पिटर्स बेसिलिका बालकोनीमा देखा परेर भ्याटिकनमा भक्तहरूको भीडलाई प्रसन्न तुल्याएको ठिक एक दिनपछि फ्रान्सिसको निधन भयो।

फ्रान्सिस यस वर्ष निमोनियाबाट पीडित हुँदा दुई पटक मृत्युको नजिक पुगेका थिए। मार्च २३ मा डिस्चार्ज हुनुअघि उनले अस्पतालमा ३८ दिन बिताए।

आइतवार उनले सेन्ट पिटर्स स्क्वायरमा भीडलाई हात हल्लाउँदै इस्टरको शुभकामना दिए र आफ्नो परम्परागत ‘उर्बी एट ओर्बी’ (शहर र विश्वलाई) आशीर्वादमा उनले विचारको स्वतन्त्रता र सहिष्णुताको आह्वान गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.