काठमाडौं : अमेरिकी उपराष्ट्रपति जेडी भान्स भारतको चार दिने भ्रमणका लागि नयाँ दिल्ली आइपुगेका छन्।
भान्सका साथमा उनकी पत्नि उषा भान्सका साथै दुई छोरा र एक छोरी पनि सँगै भारत आएका छन्। भान्सकी श्रीमती उषा भारतीय आप्रवासीकी छोरी हुन्।
राष्ट्रपति ट्रम्पद्वारा घोषित २६ प्रतिशतको उच्च आयात करबाट जोगिन अमेरिकासँग सक्दो छिटो व्यापार सम्झौता गर्न र ट्रम्प प्रशासनसँगको सम्बन्ध बलियो बनाउन प्रयत्नरत दिल्लीका लागि भान्सको भ्रमण एउटा राम्रो अवसर भएको बताइएको छ।
उनले हिजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए। भारतमा रहँदा भान्स परिवारले आगरास्थित ताजमहलको भ्रमणका साथै जयपुरमा हुने एउटा वैवाहिक कार्यक्रममा पनि सहभागिता जनाउने बताइएको छ।
प्रधानमन्त्री मोदीसँगको भेटमा दुवै नेताले यही फेब्रुअरीमा मोदीको अमेरिका भ्रमणका बेला भएका सहमतिको प्रगतिको समीक्षा गर्ने बताइएको छ।
यी सहमतिहरुमा दुवै देशबीच स्वच्छ व्यापार हुनुपर्ने र रक्षा साझेदारी वृद्धि गर्ने विषय मुख्य रहेका थिए। अमेरिकामा राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेपछि उनलाई शुरुमै भेट्न पुग्ने नेतानेताहरुमध्ये प्रधानमन्त्री मोदी पनि एक थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।