|

बझाङ : मतपेटिका ओसार्न गाउँ पुगेको हेलिकोप्टर विवादपछि त्यसै फर्किएको छ। मतपेटिका बोकेको हेलिकोप्टरमा को-को चढ्ने भन्ने विवाद चर्कँदा त्यसै फर्किनुपरेको हो। जिल्लाको दुर्गम गाउँपालिका काँडा पुगेको हेलिकोप्टर चढ्न राजनीतिक दलका एजेन्टहरुबीच हानथाप चलेको थियो।

६ जनामात्र चढ्न मिल्ने हेलिकोप्टरमा सबै दलका प्रतिनिधि नअटाउँदा विवाद चर्किएको हो। काँडामा ५ मतदान केन्द्र छन्। 

नेपाली सेनाको हेलिकोप्टरले पहिलो खेपमा धुली निमावि मतदान स्थलका दुई मतदान केन्द्रबाट ६ वटा मतदान केन्द्र र दुई मतदान अधिकृतलाई सदरमुकाम ओसारेको थियो। दोस्रो खेपमा धलौन मावि मतदान केन्द्रबाट ६ मतपेटिका र २ जना मतदान अधिकृत लिएर हेलिकोप्टर काँडा मावि पुगेको थियो।

को चढ्ने भन्ने विषयमा विवाद भएपछि काँडा माविको प्राङ्गणमा आधा घण्टाभन्दा बढी समय हेलिकोप्टर त्यत्तिकै राख्नु परेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.