|

काठमाडौं : शिक्षा ऐन आठौं संशोधनले अस्थायी शिक्षकका समस्या सम्बोधन नगरेको भन्दै अस्थायी शिक्षकका प्रतिनिधिहरुले प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन्।

सोमबार बिहान प्रधानमन्त्री निवासमा भएको भेटमा प्रतिनिधिहरुले अस्थायी शिक्षकलाई औषधी उपचार र उपदानको व्यवस्था गर्न, अस्थायी शिक्षकहरुलाई आन्तरिक प्रतियोगितामा सहभागी हुने व्यवस्था गर्न र शिक्षा ऐन पून: संशोधन गरेर आफ्ना माग सम्बोधन गर्न प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्।

भेटमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भने, ‘तपाईँहरुका कुरा सुनें। यसबारे शिक्षा मन्त्री र शिक्षा सचिवसँग थप छलफल गर्नेछु।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.