|
फाइल फोटो

काठमाडौं : भिओआइपी कल वाइपासका सामानहरु ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले साँखुबाट १ जनालाई पक्राउ गरेको छ। काठमाडौंको असन बस्ने काभ्रे सिसाखानीका ३० वर्षीय विनोद दंगाललाई प्रहरीले भाडाको ट्याक्सीमा कल वाइपासका सामानहरु लाँदै गरेको अवस्थामा पक्राउ गरेको हो।

बा १ ज ७५५६ नम्बरको ट्याक्सीमा दुई वटा सिम राख्ने पोर्ट, एउटा राउटर, एउटा इन्भर्टर, एउटा कम्प्युटर सेट, तीन वटा मोबाइल, सिमकार्डहरु र एक लाख रुपैयाँसहित दंगाललाई प्रहरीले पक्राउ गरेको हो।

एक हप्ताअघि पनि झोला व्यापारीको रुपमा अवैध भिओआइपी संचालन गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो। उनीहरुले अन्तर्राष्ट्रिय गिरोहसँगको मिलेमतोमा ३ ठाँउमा कल सेन्टर चलाएका थिए। काभ्रे धुलिखेलका केदार अछामी र सिन्धुपाल्चोक चौताराका सुमन श्रेष्ठले बानेश्वर, शंखमुल र पेप्सीकोलामा कोठा भाडामा लिई अवैध रुपमा भिओआइपी चलाउँदै आएका थिए। 

केन्द्रीय अनुसन्धान ब्युरोले ४ वर्षअघि अवैध रुपमा भिओआइपी नेपालबाट संचालन हुने गरेको सूचना पाएपछि ‘भ्वाइस फक्स’ नामको विशेष अपरेशन नै सुरु गरेको थियो। त्यही अपरेशनबाट अहिलेसम्म प्रहरीले ९१ वटा ठाँउमा छापा मारेर विभिन्न अवैध सामाग्रीहरु बरामद गरेको थियो।

अपरेशन सुरु भएपछि भिओआइपीमा संलग्न १ सय ३७ जनालाई ब्युरोले पक्राउ गरेको छ। जसमा ३१ जना विदेशी नागरिक रहेका छन्।

पक्राउ परेकाहरुलाई दुरसञ्सार ऐन २०५३ को दफा ४७ को उपदफा ५ अनुसार कारवाही गरिने ब्युरोका निर्देशक डिआइजी नवराज सिलवालले जानकारी दिए। नोक्सानीको बिगोबमोजिम जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.