|

काठमाडौं : काठमाडौं क्षेत्र नम्बर- ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाले मतदान गरेका छन्। कांग्रेसका चर्चित युवा नेता गगनले मैतीदेवीस्थित मतदान केन्द्रबाट मतदान गरेका हुन्।

मतदान गर्न गगन कानमा पट्टीसहित पुगेका थिए। सोमबार चुनावी घरदैलोमा रहेका बेला चपलीमा गराइएको बम विस्फोटमा गगनको कान र ढाडमा चोट लागेको थियो। त्यसयता गगनले कानको पट्टी खोलेका छैनन्।

गगन वाम गठबन्धनका साझा उम्मेदवार एमाले नेता डा. राजनभट्टराईसँग प्रतिस्पर्धामा छन्। अघिल्लो पटक गगन यही क्षेत्रबाट निर्वाचित भएका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.