|

धनकुटा : धनकुटामा मतगणना सुरु गर्न केहि ढिलाई भएको छ। बिहान १० बजेबाट मतगणना सुरु गर्ने तयारी गरिएको भए पनि दलहरुले समय मागेपछि केही ढिलाइ हुने भएको हो। बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेदेखि मतगणना सुरु गर्ने सहमति भएको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले जानकारी दिएका छन्। ‘अलिक अगाडि नै सुरु गर्नुपर्ला भन्ने सोचेका थियौ।’

मुख्य निर्वाचन अधिकृत पोख्रेलले भने ‘सर्वदलीय बैठकमा दलहरुले समय माग गरेकाले अलिक ढिला गरी सुरु हुने भयो।’ मतगणनामा खटिने दलका प्रतिनिधिलाई गणना सम्बन्धी थप जानकारी गराउँनका लागि राजनीतिक दलले समय माग गरेको बताइएको छ।

निर्धारित समयमै मतगणना सुरु गर्नका लागि दलका प्रतिनिधिहरुलाई साँढे १२ बजेनै मतगणना स्थलमा बोलाइएको छ। धनकुटाको सामुदायिक भवनमा मतगणनाका लागि आवश्यक अन्य तयारी भने पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बिहीबार प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मतदान सकिएपछि साँझबाटै मतपेटिका ओसार्न थालेर राति २ बजेसम्ममा धनकुटाका १ सय ५३ वटै केन्द्रबाट मटपेटिका सदरमुकाम ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.