|

गणेश खनाल-

    अर्घाखाँची : शुक्रबार स्थगित भएको दुई बुथको मतदान भोलि शनिबार हुने भएको छ। अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ५ मथुराको मथुरा नन्दराम मावि ‘ख’ केन्द्रमा मतदान अधिकृतले हस्ताक्षण नगरी मतपत्र दिएकाले कांग्रेसका कार्यकताले बुथ कब्जामा लिई तोडफोड गरेका थिए। बुथ कब्जा भएको भन्दै निर्वाचन कार्यालयले शुक्रबार अर्को व्यवस्था नभए सम्मका लागि मतदान स्थगित गरेको थियो।

    शनिबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान हुने गरी कार्यतालिका सार्वजनिक गरिएको मुख्य निर्वाचन अधिकृत रामचन्द्र पौडेलले जानकारी दिए। मतदान सहभागी हुन सबै मतदातालाई आग्रह गरेका छन्। त्यस्तै, सँगै रहेको ‘क’ केन्द्रमा कुनै क्षति नभएको भए पनि शुक्रबारै पुनः मतदान गर्ने स्थिति नरहेकाले स्थगित भएकोमा सो केन्द्रमा पनि पुनः मतदान हुने भएको छ।

    तपाईको प्रतिक्रिया दिनुहोस्

    तपाईंको ईमेल गोप्य राखिनेछ ।
    This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.