|

बझाङ : बझाङबाट प्रतिनिधिसभा सदस्यमा वाम गठबन्धनका उम्मेदवार एमालेका भैरवबहादुर सिंह ३४ हजार ६१२ मत ल्याएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले २६ हजार ९१० मत प्राप्त गरे।

यस्तै प्रदेशतर्फ क्षेत्र नम्बर १ मा एमालेकै अर्जुनबहादुर थापा १७ हजार ८६४ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसकी चन्दादेवी जोशीले १३ हजार १९७ मत पाइन्।

प्रदेशसभा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रकी देवकी मल्ल विजयी भइन्। उनले १६ हजार ४४३ र निकटतम प्रतिद्वन्द्वी कांग्रेसका नरेशबहादुर सिंहले १४ हजार २४२ मत पाए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.