|

कालिकोट : कालिकोटका कर्णाली अञ्चलको मुख्य नाकाका रुपमा रहेका कारणले कालिकोटको समृद्धि विकासको आधार सडक सञ्जाल पनि रहेको छ।

कालिकोटबाट नै स्वर्गको अप्सराका रुपमा रहेको रारा ताल, त्रिदेशीय नाकाका रुपमा रहेको भारतको रुपौडियादेखि तिब्बतको हिल्सा नाका जोड्ने कर्णाली करिडोर र सेती लोकमार्गलाई कर्णाली करिडोरसँग जोड्नेको हो यसको अर्को समृद्धिको आधार रुपमा लिन सकिन्छ।

कर्णाली करिडोरलाई कर्णालीको समग्र विकासका लागि महत्वपूर्ण मानिएको यो सडक खुलेमा नेपालको उत्तरी चीनको सीमा रहेको हिल्साबाट दक्षिणी भारतीय सीमामा रहेको जमुनाह नाकासम्म सिधा सम्पर्क स्थापना हुनेछ।

राष्ट्रिय गौरवको आयोजनासमेत रहेको सो सडक खण्डको निर्माणसँगै कर्णालीले सहज सडकको पहँुच पाउनेछ भने तिब्बतको कैलाशस्थित मानसरोवर जाने तीर्थयात्रीका लागि बाटो खुल्नेछ।

यसको निर्माणले सदियौँदेखि रोग, भोक र अशिक्षाले जकडिएको कर्णालीमा विकासको गतिले काँचुली फेर्ने आशा राखेको हुम्लाका सांसद तथा पूर्वमन्त्री जीवनबहादुर शाहीले बताए। ‘कर्णालीको मुहार फेर्ने अपेक्षा कर्णाली करिडोरबाट गरेका छौं।’ उनले भने,‘त्रिदेशीय व्यापार र पर्यटनको महत्वपूर्ण योगदान दिनेछ।’

नेपाली सेनाले निर्माण कार्यको जिम्मा पाएको १४५ किलोमिटरमध्ये कालिकोटको २२ किलोमिटर र बाजुराको २८ किलोमिटर गरी ५० किलोमिटर ट्र्याक खनिइ सकिएको र अहिले कालिकोटको राताडाँडा तथा बाजुराको कालाभीर, रुपाखोला लगायतका स्थानमा थप २० किलोमिटरको ट्रयाक खोल्ने कार्य भइरहेको सेनाको विकास निर्माण निर्देशनालयका सहायकरथी उद्धव बिष्टले बताए।

‘आ.व. २०७४/७५ भित्र कालिकोटअन्तर्गतको ४० किलोमिटर ट्र्याक खोलेर सडक विभागलाई बुझाइने लक्ष्य राखिएको थियो। निर्माण कार्य पुरा भएको छ। तर, बुझाएको भने छैन्।’ उनले भने,‘यो सडक निकै तिब्र गतिमा निर्माण भइरहेको छ। अबको एक बर्ष भित्र नै निर्माण कार्य पूरा हुनेछ।’

वि.सं. २०७१ चैत ९ गते मन्त्रिपरिषद्को बैठकले विशेष परिस्थितिको सडकको रुपमा परिभाषित गरी नेपाली सेनालाई सो सडकको ट्याक खोल्ने जिम्मा दिएको थियो।

१ सय ९६ किलोमिटरमध्ये हुम्लाको सरिसल्लासम्मको १४५ किलोमिटर सडक नेपाली सेनाले खन्नेछ। त्यहाँबाट सिमिकोटसम्मको बाँकी ५१ किलोमिटर खण्डलाई सडक विभागले खोल्नेछ।

त्यस्तै, प्रदेश प्रदेश नंं. ६ र ७ का जनप्रतिनीधिहरुले सेती लोकमार्गलाई हिल्सानाका तयारी थालेका छन्। त्रिदेशीय नाकाका रुपमा कर्णाली करिडोरमार्फत सेती लोकमार्गलाई हिल्सा जोड्ने तयारी थालेका हुन्।

टिकापुर त्रिकुनेबाट बझाङ्ग उरै भर्‍याङ्ग हुदैँ ताक्लाकोट पुर्‍याउने लक्ष्य राखिएको सेती लोकमार्गलाई कर्णाली करिडोर हुँदै हिल्सा पु¥याउने तयारी थालिएको छ।

कालिकोट सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष डम्बरबहादुर शाहीले देश विकास आधार त्रिदेशीय सडक पनि रहेकाले सेती लोकमार्गलाई कर्णाली करिडोरसँग जोड्न पहल थालिएको बताए।

‘साच्चै देश विकास गर्ने हो भने ठाउँ ठाउँमा त्रिदेशीय नाकालाई जोडन् जरुरी रहेको छ।’ उनले भने,‘त्यसका लागि अहिले हामीले सेती लोकमार्गलाई कर्णाली करिडोरमा जोडेर हिल्सा र ताक्लाकोट नाका दुबै प्रदेशको साझा नाका बनाउने तयारी छौं।’

अछामको साफेबगरमा मुख्य कार्यालय राखेर काम सञ्‍चालन भइरहेको सेती लोकमार्ग निर्माणको चर्चा १ दशकअघि नै चले पनि निर्माणले अपेक्षा अनुरूप गति लिन नसकेको र यस लोकमार्गलाई कर्णाली करिडोर हुदैँ हुम्लाको कर्णाली करिडोर भएर हुम्ला हिल्सा जोड्ने पहल थालिएको अछाम रामारोसन गाउँपालिका अध्यक्ष झंकर साउँदले बताए।

‘हामीले कर्णाली करिडोरमार्फत चिनको हिल्सा जोड्ने तयारी थालेका छौं।’ उनले भने,‘सेती लोकमार्गलाई कर्णाली करिडोर जोड्न ३० देखि ४० किलोमिटर मात्र बाँकी रहेको छ।’

कैलालीको टीकापुर त्रिकुनेबाट निर्माण शुरू भएको सेती लोकमार्ग २ सय १५ किमी सडक बझाङको चैनपुरसम्म जोड्ने योजना भए पनि रेखांकन भएको टीकापुरबाट बौनियासम्मको हालसम्म ७ किमी सडकको मात्रै कालोपत्रे भएको बाँकी काम ढिला हुँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.