|

उदयपुरः बोलेरो जिप दुर्घटनामा परी गम्भीर घाइते भएकालाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर ल्याउँदा अस्पताल नै डाक्टर विहीन भएको छ। उदयपुरका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कडेलका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकालाई उपचार गर्ने डाक्टरसमेत अस्पतालमा नभेटिएको हो।

सल्लेबाट गाईघाटतर्फ आउँदै गरेको स १ च १२२८ नम्वरको बोलेरो जिप दुर्घटना हुँदा तीन जना गम्भीर घाइते भएका थिए। ‘दुर्घटनाका गम्भीर घाइते लिएर जिल्ला अस्पताल बोक्से पुग्दा कुनै डाक्टर फेला परेन,’ प्रमुख जिल्ला अधिकारी कडेलले भने, ‘अस्पतालमा चरम लापरवाही भएको पाएँ।’ प्रजिअ कडेलले जिल्ला अस्पतालमा केही अनमी मात्र फेला परेको भन्दै अहेवससमेत अस्पतालमा नबसेको बताए। ‘सबै घाइतेलाई विराटनगरस्थिति न्युरो अस्पताल पठाएको छु,’,उनले भने,‘भोलि कानुनी कारवाहीको लागि तयारी अगाडि बढाउने छु। जिल्ला अस्पतालमा चरम लापरवाही भयो।’

उदयपुर प्रहरी प्रमुख एसपी नवराज भट्टले पटक÷पटक दुर्घटना घाइतेलाई उपचारको लागि अस्पताल ल्याउँदै गरेको जानकारी गराए पनि कोही डाक्टर नबसेको बताए। ‘मैले जिल्ला अस्पतालका डाक्टर समेत फोन गरेको भनेको छु,’ एसपी भट्टले भने, ‘गम्भीर घाइते भएकालाई उपचारको लागि ल्याउँदै छु भने, तर कोही डाक्टरले टेरेनन्।’

जिल्लाको रौतामाई गाउँपालिका–६ सिपिनी पाखामा मंगलबार दिउँसो जिप दुर्घटना भएको थियो। दुर्घटनमा परी त्रियुगा नगरपालिका १० का कमल मगरको मत्यु भएको थियो। गम्भीर घाइते हुने रौतामाई गाउँपालिका– ४ का ३५ वषका रत्न राईको टाउकोमा गहिरो चोट लागेको छ। यस्तै, ४० वर्षका भक्तबहादुर सार्कीको बाँया हातको पाता भाँच्चिएको र ४० वर्षकी निर्मला राई हालसम्म वेहोस रहेकी छन्। 

तीनै जनलाई उपचारको लागि जिल्ला अस्पताल ल्याउँदा उदयपुरमै उपचार हुने भएपनि कोही डाक्टर फेला नपरेको जिल्ला प्रशासन कार्यालयले उदयपुरले जानकारी दिएको छ । यता अस्पताल प्रशासन कर्यालय भने सम्पर्क विहिन भएको छ। अस्पताललाई पटक पटक सम्पर्क गर्दा पनि सम्पर्क हुन सकेन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.