|

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले माओवादी जनयुद्धका क्रममा भएका घाइतेहरुको निशुल्क उपचारको व्यवस्था मिलाउन स्वास्थ्यमन्त्री गगन थापालाई निर्देशन दिएका छन्। 

आइतबार मन्त्री थापालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बोलाएर प्रधानमन्त्रीले वीर अस्पतालमा १० वर्षे युद्धका क्रममा घाइते भएका र उपचार गर्न बाँकी रहेकाहरुलाई उपचारको व्यवस्था मिलाउन निर्देशन दिएका हुन्। ‘जनयुद्धका उपचार गर्न बाँकी घाइतेको उपचारका लागि आवश्यक प्रबन्ध मिलाउन प्रधानमन्त्रीज्यूले स्वास्थ्य मन्त्रीलाई बोलाएर निर्देशन दिनुभएको छ’ प्रधानमन्त्रीका प्रमुख जनसम्पर्क सल्लाहकार रामदीप आचार्यले भने, ‘वीर अस्पतालमा उपचार हुने गरी स्वास्थ्यमन्त्रीले आवश्यक व्यवस्था मिलाउने सहमति भएको छ।’

उनका अनुसार मन्त्री थापाले वीर अस्पतालमा उपचारको व्यवस्था मिलाउन अस्पताल प्रमुखलाई निर्देशन दिइसकेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.