|

काठमाडौं : समायोजनमा जान नचाहने कर्मचारीलाई लक्षित गरी सरकारले घोषणा गरेको स्वेच्छिक अवकाशको प्याकेजमा उच्च तहका कर्मचारीले पनि विशेष रुचि देखाएका छन्। २० वर्ष सेवाअवधि पुगेका र ५५ वर्ष उमेर पुगेका उपसचिव र सहसचिवहरू पनि स्वेच्छिक अवकाशमा जान इच्छुक देखिएका हुन्।

१० सहसचिवले निवेदन दिइसकेको स्रोतले जनाएको छ। सरकारले स्वेच्छिक अवकाशमा कार्यालय सहयोगी, ड्राइभर, नायब सुब्बा, खरदार, अधिकृत तहका कर्मचारी बढी आकर्षित हुने अनुमान गरेको थियो।

सीडीओहरू पनि अवकाश रोज्दै
विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा रहेकासमेत स्वेच्छिक अवकाशमा जाने भएका छन्। नियमित बढुवाबाट भर्खरै सहसचिव भएका, सचिव बन्ने सम्भावना नभएका र ५५ वर्षभन्दा माथि उमेर भएका सहसचिव अवकाशको पक्षमा हुन्।

सचिवहरूकै निवेदन दर्ता
संस्द सचिवालयबाट १४ कर्मचारीले स्वेच्छिक अवकाशका लागि निवेदन दिएका छन्। त्यसमध्ये दुई सचिव र एक उपसचिवसमेत छन्। सचिवद्वय वीरेन्द्रबहादुर कार्की र हिमलाल सुवेदी स्वेच्छिक अवकाशमा जान लागेका हुन्। सचिव सुवेदी आगामी असोजमा ६० वर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जाँदै छन्। कार्की भने एक वर्षअघि मात्र सचिव बढुवा भएका थिए।

यस्तै, सहसचिव रघुनाथ शर्माले पनि अवकाशका लागि निवेदन दिने बताएका छन्। उनी पनि आगामी जेठमा उमेरहदका कारण अनिवार्य अवकाशमा जान लागेका सहसचिव रघुनाथ शर्मा र भर्खरै मात्र बढुवा भएका सहसचिव वंशीराज शर्मा पनि अवकाशमा जाने तयारीमा छन्। संसद् सचिवालयका अनुसार अहिलेसम्म स्वेच्छिक अवकाशको निवेदन दिनेमध्ये प्राविधिक अधिकृत चारजना, दुईजना सचिव, एकजना उपसचिव, कार्यालय सहयोगी र चालक छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.