|
तस्विर– नयाँ पत्रिका

चितवन: चितवन मेडिकल कलेज भरतपुरले एमबीबीएस अध्ययनमा चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम)ले तोकेभन्दा १२ लाख बढी लिने गरेको पाइएको छ। ट्युसन, लाइब्रेरीलगायत विभिन्न शीर्षकमा कलेजले थप शुल्क लिएको अनुगमनका क्रममा भेटिएको हो। जिल्ला प्रशासन कार्यालय चितवनले बुधबार गरेको अनुगमनमा कलेजले एमबीबीएस  अध्ययनका लागि नयाँ भर्नामा सरकारले तोकेको ४२ लाख ४५ हजारबाहेक विभिन्न शीर्षकमा थप १२ लाख लिने गरेको भेटिएको जिल्ला प्रशासन कार्यालय चितवनका बजार अनुगमन अधिकृत ओमनारायण शर्माले बताए। 

कलेज प्रशासनले भने शुल्क निर्धारण पत्रअनुसार नै शुल्क लिएको जनाएको छ। ट्युसन, लाइब्रेरी वा अन्य विभिन्न शीर्षकमा कलेजले केही रकम लिन पाउने भन्ने परिपत्र भएकाले नयाँ विद्यार्थीसँग भर्ना हुने क्रममा ६ लाख र कक्षा सञ्चालन अवधिमा ६ लाख गरी १२ लाख लिने कलेजले निर्णय गरेको कलेज प्रशासनले जनाएको छ।

आइओएमले केही शुल्क लिन पाउने भनेकाले सोही आधारमा शुल्क लिएको र त्यसबारे आइओएमलाई पनि जानकारी गराएको कलेज प्रशासनका अधिकारीहरुले बताए। सम्बन्धनप्राप्त कलेजहरुको भर्ना चिकित्साशास्त्र अध्ययन संस्थानबाटै अनलाइनमार्फत गरिने व्यवस्था छ। भर्ना भएका विधार्थीको नामावलीसहितको विवरण आईओएमले सम्बन्धित कलेजमा पठाउने व्यवस्था छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.