|
फाइल फोटो

काठमाडौं : माथिल्लो सदन राष्ट्रियसभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य हुने भएको छ। साढे चार प्रतिशत जनसख्या रहेको मुस्लिम समुदायबाट राष्ट्रिय सभामा कुनै राजनीतिक पार्टी उम्मेदवार उठाएनन्।

काठमाडौं स् माथिल्लो सदन राष्ट्रिय सभामा मुस्लिम समुदायको प्रतिनिधित्व शून्य हुने भएको छ। साढे चार प्रतिशत जनसख्या रहेको मुस्लिम समुदायबाट राष्ट्रिय सभामा कुनै राजनीतिक पार्टी उम्मेदवार उठाएनन्।

राष्ट्रिय सभामा ८३ जनाको उम्मेदवारी परेको छ। त्यसमा एकजना पनि मुस्लिम उम्मेदवार छैनन्। एमाले, कांग्रेस, माओवादी केन्द्र, संघीय फोरम र राजपासहित ५ वटै राष्ट्रिय दलले एकजना पनि मुस्लिमलाई उम्म्देवार बनाएनन्। अर्कातिर राष्ट्रिय जनमोर्चा, नेमकिपा, राप्रपा र संघीय समाजवादी पार्टीले राष्ट्रिय सभामा मुस्लिमलाई पत्याएनन्।

सबै प्रदेशमा नपर्ने भए मुस्लिम

सातवटै प्रदेशबाट निर्वाचित हुने ५६ जनामा मुस्लिम समुदाय नपर्ने निश्चित भएको छ। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनयन गर्ने तीनजनामा बाहेक अब राष्ट्रिय सभा मुस्लिमको प्रतिनिधित्व नहुने भएको छ।

एमालेका वैकल्पिक केन्द्रीय सदस्य मोहमद हारुन हलुवाईले राष्ट्रिय सभामा एकजना पनि मुस्लिम नपठाएर दलहरुले मुस्लिमको अपमान गरेको बताए। उनले राष्ट्रियसभाजस्तो गरिमामय स्थानमा मुस्लिमको प्रतिनिधित्व नहुनु दुर्भाग्य भएको बताए। उनले राष्ट्रिय सभा मुस्लिमविहीन बनाउन खोजिएकोमा देशभरका मुस्लिम समुदाय आक्रोशित भएको बताए।

उनले वाम गठनबन्धन प्रति अझ धेरै मुस्लिमहरू आक्रोशित भएको बताए। ‘७० प्रतिशत मुस्लिमले वाम गठबन्धनलाई भोट हालेका छन्, तर वाम गठबन्धनले हामीलाई नै बेवास्ता गर्‍यो', उनले भने, 'त्यसले मुस्लिम समुदायमा वामगठबन्धन प्रति ठूलो आक्रोश छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.