|

काठमाडौं : राष्ट्रपतिको निर्वाचन फागुन २९ गते हुने भएको छ। राष्ट्रपति निर्वाचित हुन कुल मतको ५१ प्रतिशत मतको आवश्यकता पर्छ भने वाम गठबन्धनसँग अहिले ६५ प्रतिशत मत रहेको छ। 

प्रतिनिधिसभामा २७५ सांसद रहेका छन् भने मतभार ७९ तोकिएको छ। जम्मा मत २१ हजार ७२५ हुन आँउछ भने राष्ट्रियसभामा ५९ सांसदको मतभार पनि ७९ नै रहेको छ। यस हिसाबले ४ हजार ६ सय ६१ मत रहेको छ। 

प्रतिनिधिसभामा जम्मा ५२ हजार ७८६ मत रहेको छ भने प्रदेशसभामा ५५० सांसद रहेकोमा मतभार ४८ दिइएको छ। यस हिसाबले जम्मा मत २६ हजार ४ सय हुन आउँछ। 

एमाले एकैसँग ४५ प्रतिशत मत रहेको छ। प्रतिनिधसभामा १ सय २१ सांसदबाट ९ हजार ५ सय ५९ राष्ट्रियसभामा २९ सांसदबाट २ हजार २ सय ९१ र प्रदेशसभामा २ सय ४३ सांसदबाट ११ हजार ६ सय ६४ मत छ। 

माओवादी : २० प्रतिशत

प्रतिनिधिसभा ५३, मत ४१८७
राष्ट्रियसभा १३, मत १०२७
प्रदे सभा १०८, मत ५१८४

कांग्रेस : २२ प्रतिशत

मत ११ हजार ४२८
प्रतिनिधिसभा ६३, मत ४९७७
राष्ट्रियसभा १३, मत १०२७
प्रदेशसभा ११३, मत ५४२४

फोरम : ६ प्रतिशत

प्रतिनिधिसभा १६, मत १२६४
राष्ट्रियसभा २, मत १५८
प्रदेशसभा ३७, मत १७७६

राजपा : ५ प्रतिशत 

प्रतिनिधिसभा १७, मत १३४३
राष्ट्रियसभा २, मत १५८
प्रदेशसभा २८, मत १३४४

अन्य दल : २ प्रतिशत 

प्रतिनिधिसभा ५, मत ३९५
प्रदेशसभा २१, मत १००८ 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.