|

काठमाडौं : नेकपा एमालेका तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको शालिक अनावरण गरिएको छ। आश्रितको काठमाडौं उपमहानगरपालिका-७ स्थित सरश्वति नगरमा रहेको नवनिर्मित भवन परिसरमा निर्माण गरिएको शालिकको जनसंख्या तथा वातावरण मन्त्री लालबाबु पण्डितले अनावरण गरेका हुन्। शालिक अनावरण गर्दै मन्त्री पण्डितले जीवराज आश्रित कुशल संगठक भएको र पार्टीले सधैं सम्झिरहने बताए। 

मन्त्री पण्डितले वातावरण विगार्ने संस्थाहरूमाथि सरकारले कारबाही थालेको बताउँदै आफू मन्त्री भएपछि ११ वटा उद्योग प्रतिष्ठानमाथि कारबाही गरिएको बताए। उनले धुवाँ फाल्ने गाडी अब गुड्न नदिने समेत बताए। 

मन्त्री पण्डितले वातावरण बिगार्ने प्लाष्टिक उत्पादन गर्ने कारखाना नै बन्द गरिदिने बताए। उनले मनपरी गर्नेलाई कारबाही गर्दा आफू आगो होइन ज्वालामुखीसँग लड्नुपर्ने भएपनि तयार रहेको समेत बताए। 'मास्क लगाएर जनता हिड्न जनता छन्, यस्तो अवस्था अन्त्य गर्न म ज्वालामुखीसँग लड्नु परे पनि तयार छु', मन्त्री पण्डितले भने, 'सरकारले तोकेको मापदण्ड तोडेर वातावरण प्रदुषण बनाउनेलाई म छोड्दिनँ, अब  उनीहरूका दिन गए।'

जीवराज आश्रितको तस्विरमा पुष्प अर्पण गर्दै पत्‍नी माया ज्ञवाली । 

मदन भण्डारीसँगै दासढुंगा दुर्घटनामा निधन भएका नेता आश्रित एमालेका कुशल संगठक मानिन्छन्। उनै नेता आश्रितको परिवारका निम्ती राधिका ट्रष्टले आवास निर्माण गरिदिएको थियो। तत्कालिन भूमिसुधार मन्त्री राधाकृष्ण मैनालीका पालामा नेता आश्रितको परिवारका निम्ती ८ आनाको जग्गा नेपाल सरकारले दिएको पत्नी माया ज्ञवाली बताउँछिन्। जग्गा सरकारले दिएपनि तुलसा थापा (वामदेव गौतमकी पत्नी)को पहलमा शुभचिन्तकहरूले १ तला भवन निर्माण गरिदिएका थिए। तर बाँकी २ तला भवन अष्ट्रेलियमा बस्दै आएकी तेह्रथुम निवासी राधिका ट्रष्टकी अध्यक्ष राधिका पोख्रेलको पहलमा गत वर्ष निर्माण सम्पन्न भएको थियो। 

वि.सं.२०५० साल जेठ ३ गते पोखरामा भएको एमालेको जिल्ला अधिवेशन सकेर चितवनमा अखिल नेपाल महिला संघको भेलामा आउदै गर्दा मदन भण्डारी र आश्रति चढेको पजेरो जीप दासढुंगामा दुर्घटनामा निधन भएको थियो। दुर्घटनामा जिप चालक अमर लामा जिवित रहेपनि पछि उनको हत्या भएकाले उक्त दुर्घटना रहस्यमय मानिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.