|

बर्दिबास : सर्लाही लालबन्दी नगरपालिका–६ की दुर्गा देवी गौतमको १५ वर्षअघि बाराको गढीमाई नगरपालिका–१६ का पुरुषोत्तम गौतमसँग विवाह भयो। दुर्गाले जेठी छोरीको रुपमा पुष्पालाई जन्म दिइन्।

दुर्गाको परिवारले अर्को सन्तान छोरो होस् भनेर दुर्गाबाट अपेक्षा गरे। तर, दुर्गाको कोखबाट माइली छोरीको रुपमा पूजा जन्मिन्। तेस्रो पटक फेरि दुर्गा गर्भवती भइन्। पहिलेजस्तै छोरो जन्मियोस् भनेर परिवारजनले उनबाट आशा लिए। तर, फेरि तेस्रो पटक कान्छी छोरीको रुपमा उनले छोरी पुनमलाई जन्म दिइन्। दुर्गासँग तीन सन्तान छन्।

विवाह भएको १५ वर्षमा पनि छोरो नजन्माएको भन्दै परिवारजनले दुर्गामाथि गालीबेइज्जती गर्न थाले। आमाजु बरुण गौतमले त बोक्सी भएको आरोप लगाउँदै गाली गर्थिन्। केही दिन पहिले आमाजुले दुर्गालाई फकाएर झारफुक गराए छोरो हुने भन्दै अन्धविश्वासमा महोत्तरीको बर्दिबास नगरपालिका–९३ स्थित माता (झारफुक गर्ने) अप्सरा बरालको घरमा ल्याइन्। ‘माताले मलाई झारफुक गरिन्। बोक्सी भएर छोरो नजन्मिएको बताइन्। छोरो जति पेटमै खान्छिन्। छोरी जति जनमाउँछिन्,’ माताको भनाइ सुनाउँदै पीडित दुर्गाले भनिन्, ‘माताले मलाई बोक्सी हो भनेर मेरी आमाजुसँग भनेपछि मैले धेरै दुःख पाएँ।’ 

‘म बोक्सी कसरी हुन सक्छु भनेर म माताकै आगनमा रुन थालेँ,’ आमाजु बरुनाले बोक्सी भन्दै आफूमाथि खकारी खकारी मुखमा थुकेको भन्दै उनले भनिन्,‘मान्छे कसरी बोक्सी हुन सक्छ ?’ ‘मैले कसरी गर्भमा छोरो खान सक्छु, मेरो चित्त दुःख्यो,’उनले भनिन्। ‘तैं बोक्सी छस् भन्दै मलाई आमाजुले कालो कपाल एक मुठ्ठी, एउटा मरेको माउसुली, मलमुत्र केके जाती सबै मुखमा कोच्चाइन्,’ पीडित दुर्गाले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.