|

काठमाडौं : तस्करीको सुन विवादमा हत्या गरिएका सनम शाक्यको मुद्दामा प्रहरीको भूमिका शंकास्पद रहेको भन्दै प्रहरी प्रधान कार्यालयले छानबिन समिति गठन गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखामा कार्यरत जुनियर प्रहरी अधिकृतसँग सुन तस्करको सम्पर्क देखिएपछि प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको हो।

प्रहरी प्रधान कार्यालयका प्रहरी नायब महानिरीक्षक ९डीआईजी० पुष्कलराज रेग्मीको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको हो। सो समितिमा एसएसपी वसन्त लामा र डीएसपी सुदीप पाठक सदस्य छन्।

२१ फागुनमा शाक्यको शव मोरङको उर्लाबारीमा भेटिएको थियो। त्यति बेला स्कार्पियोमा मृत अवस्थामा भेटिएका शाक्यलाई यातना दिएर हत्या गरिएको पाइएको प्रहरीले जनाएको थियो। महाशाखा प्रहरी नायब उपरीक्षक ९डीएसपी० प्रजित केसीको नेतृत्वमा खटिएको प्रहरी टोलीले सो शवलाई मोरङबाट बरामद गरेको थियो।

३६ वर्षीय शाक्यलाई उर्लाबारी–१ स्थित सोल्टी खोलाको जंगलमा यातना दिएर हत्या गरिएको हो। तस्करीको सुनमा विवाद भएपछि तस्कर समूहले नै उनको हत्या गरेपछि प्रहरी पनि तस्कर समूहसँग मिलेको आशंकामा छानबिन समिति गठन गरेको प्रहरी स्रोतले जनाएको छ। यो विषयमा प्रहरी प्रधान कार्यालयले कुनै आधिकारिक जानकारी दिएको छैन।

सुन कारोबारमा गडबडी भएको भन्दै कारोबारीले शाक्यलाई अपहरण गरी चर्को यातना दिएका थिए। सूचना लिन चर्को यातना दिने क्रममा शाक्यको मृत्यु भएको प्रहरीको दाबी थियो। गोरे भन्ने चूडामणि उप्रेतीले शाक्यलाई काठमाडांैबाट अपहरण गरी गौरीघाटमा लगेर राखेका थिए।त्यहाँबाट मोरङ लगेर हत्या गरेपछि महाशाखाका एक जुनियर अधिकृतको मोबाइलमा सम्पर्क भएको देखिएपछि प्रहरी सशंकित भएको थियो।

शाक्यलाई हत्या गरी लास व्यवस्थापन गर्न लैजाँदै गर्दा विराटनगर–३ दुर्गाचोक नजिकैबाट २१ फागुनमा प्रहरीले नियन्त्रणमा लिएको थियो। स्कार्पियोमा जिउँदो मान्छेलाई झंै पछाडि राखेको अवस्थामा शाक्यको शव फेला परेको थियो। अपराध अनुसन्धान महाशाखाको सहयोगमा गाडीको पिछा गर्ने क्रममा बा१२च ५९६३ नम्बरको स्कोर्पियो गाडीभित्र शाक्यको शव भेटिएको थियो।

२१ फागुनमै प्रहरीले सो घटनामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको थियो। उर्लाबारी–७ का ३३ वर्षीय कृष्ण भन्ने नरेन्द्र कार्की, उर्लाबारी–५ का मोहन काफ्ले र काभ्रे मण्डन देउपुर गाउँपालिका–१२ का टेकराज मल्ल ठकुरीलाई प्रहरीले पक्राउ गरेको थियो।

उनीहरूविरुद्ध संगठित अपराध तथा अपहरण गरी कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद लिइएको भए पनि आरोपीहरूले बयान फेरेपछि प्रहरी प्रधान कार्यालयले चासो लिएको हो। ‘हत्या प्रकरणमा उनकै साथीहरू पक्राउ परेका छन् तर त्यहाँ केही शंकास्पद लागेकाले अनुसन्धानका लागि डीआईजीको नेतृत्वमा छानबिन समिति बनेको छ,’ प्रधान कार्यालय स्रोतले भन्यो। महाशाखाले मंगलबार आरोपीहरूको बयान सकाएपछि बुधबार बिहान प्रहरी प्रधान कार्यालयले छानबिन समिति बनाएको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.