|

काठमाडौं : नक्सालस्थित वृहस्पति विद्या सदनले एकतर्फी रूपमा शुल्क बढाएपछि गत शनिबार अभिभावकले स्कुल घेराउ गरे। वृद्धि भएको शुल्क फिर्ता गरिनुपर्ने भन्दै उनीहरू अझै आन्दोलनमै छन्।

व्यवस्थापन परिवर्तनसँगै शुल्क वृद्धि गरेको भन्दै अभिभावकले गुनासो गरेपनि प्रशासनले शुल्क घटाउने विषयमा चासो देखाएको छैन। अभिभावकहरू जसरी पनि शुल्क घटाएरै छोड्ने पक्षमा छन्।

स्कुलले प्रत्येक कक्षामा ३५ देखि ४२ प्रतिशतसम्म शुल्क बढाएको उनीहरूको दाबी छ। ‘स्कुलले शुल्क वृद्धिका लागि अभिभावकसँग परामर्श गरेन, अभिभावकसँग छलफल गरेको बहाना बनाउन सोझा र आफा्नो तर्क राख्न नसक्ने केही अभिभावकसँग मात्र सम्पर्क गर्दो रहेछ’, कक्षा ६ मा बच्चा पढाइरहेका आन्दोलनरत एक अभिभावकले भने, ‘शुल्कवृद्धिको मनपरीबारे कुरा गर्न स्कुल व्यवस्थापनसँग समय माग्दा वास्ता गरेन।’ स्कुलबाट बच्चा अन्य स्कुलमा सार्ने कि यहीँ पढाउने भन्ने अन्योलमा रहेको उनले सुनाए।

यस्तै बालुवाटारसिथ्त मेरिडियन इन्टरनेसनल स्कुलमा छोराछोरी पढाइरहेका अभिभावकको व्यथा पनि उस्तै छ। यो स्कुलले पनि गत वर्षको शुल्कमा ४० प्रतिशतले वृद्धि गरेको छ। शुल्क वृद्धि गर्नुअघि स्कुलले आफूहरूसँग छलफल नगरेको अभिभावकको गुनासो छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.