|

विश्वकप फुटबलको दोस्रो चरणको खेल सकिएको छ। सोमबारबाट तेस्रो चरणका खेलहरू हुने भएका छन्। पहिलो खेलमा समूह ए बाट उरुग्वे र रुस तथा साउदी अरब र इजिप्ट भिड्नेछन्। त्यस्तै समूह 'बी'का खेल पनि आजै हुँदै छन्। समूह 'बी'अन्तर्गत स्पेन र मोरक्को तथा इरान र पोर्चुगल आमनसामने हुनेछन्। 

आठ समूहमा विभाजित खेलमा अहिले समूह 'ए' बाट भने रुस र उरुग्वे दोस्रो चरणमा प्रवेश गरेका छन्। समूह 'ए' बाट इजिप्ट र साउदी अरब एक खेलअगावै बाहिरिए। त्यस्तै समूह 'बी'को टुंगो भने आज लाग्नेछ। समूह 'बी'मा स्पेन र पोर्चुगलको समान ४/४ अंक रहेको छ। यो समूहको अन्तिम १६ को टुंगो भने अझै लागेको छैन। इरानले सोमबार पोर्चुगलको सामना गर्दा स्पेनले मोरक्कोसँग भिड्नेछ। इरानको २ खेलबाट ३ अंक रहेको छ भने मोरक्कोले अहिलेसम्म अंक बनाउन सकेको छैन। 

त्यस्तै, समूह 'सी' र समूह 'डी'को अन्तिम चरणका खेल मंगलबार हुनेछन्। समूह 'सी'बाट फ्रान्स दोस्रो चरणमा प्रवेश गरेको छ। उसको २ खेलबाट ६ अंक भएको छ भने समान २ खेल खेलेको डेनमार्कको भने ४ अंक छ। मंगलबार हुने खेलमा फ्रान्स र डेनमार्क आमनेसामने हुने भएका छन्। उक्त खेलमा बराबरी गरे पनि डेनमार्क समूह चरणमा प्रवेश गर्नेछ भने मंगलबार नै हुने खेलमा अष्ट्रेलिया र पेरु भिड्नेछन्।

अष्ट्रेलियाको २ खेलबाट एक अंक रहेको छ भने पेरु अंकविहीन छ। त्यतै समूूह 'डी' अन्तर्गत मंगलबार नाइजेरिया र अर्जेन्टिना तथा क्रोयसिया र आइसल्याण्ड आमनेसमाने हुनेछन्। समूह 'डी'मा क्रोयसिया ६ अंकका साथ तालिकाको अग्र स्थानमा रहेको छ। उसले नाइजेरियालाई २-० र अर्जेन्टिनालाई १-०ले हराएको थियो। त्यस्तै समूहको दोस्रो स्थानमा भने नाइजेरिया रहेको छ। उसले आइसल्याडलाई २-० गोल अन्तरले पराजित गरेको छ। आइसल्याडसँग बराबरी खेलेको अर्जेन्टिनाको १ अंक हुँदा आइसल्यान्‍डको पनि समान एक अंक नै रहेको छ। यो समूहमा अर्जेन्टिनाको सम्भावना जीवितै रहेको छ। 

त्यस्तै, समूह 'ई' र एफका खेलहरू भने बुधबार हुनेछन्। यो समूहमा ब्राजिल र स्वीट्जरल्याण्डको समान ४-४ अंक रहेको छ भने सर्बियाको ३ तथा कोष्टारिका अंकविहीन छ। यो समूहको अन्तिम खेलमा सर्बिया र ब्राजिल तथा स्वीट्जरल्याण्ड र कोष्टारिका भिडेनेछन्। ब्राजिललाई पराजित गर्न सके सर्बिया समूह चरणमा प्रवेश गर्नेछ भने ब्राजिल बाहिरिनेछ।

त्यस्तै समूह एफका खेल पनि बुधबार नै हुने छन्। कोरियाले जर्मनीको सामना गर्दा मेक्सिकोले स्वीडेनको सामना गर्नेछ। यो समूहबाट मेक्सिको भने समूह चरणमा प्रवेश गरेको छ तर जर्मनी स्वीडेनको भने समान तीन अंक रहेको छ। कोरियासँग जर्मनी पराजित भए समूह चरणबाट नै बाहिरिनेछ। 

समूह 'जी' बाट भने इंग्ल्याड र बेल्जियमले अन्तिम १६ मा स्थान बनाएका छन्। यो समूहबाट भने पानामा र ट्युनिसिया बाहिरिएका छन्। समूह एचबाट भने जापान र सेनेगलको समान ४/४ अंक रहेको छ। त्यस्तै कोलम्बियाको ३ अंक हुँदा पोल्याड अंकबिहिन छ। यो समूहमा तीनै टिमको सम्भावना रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.