|

विश्वकपको समूह 'सी' र 'डी'का अन्तिम खेलहरु मंगलबार सकिँदैछन्। समूह 'सी'का अन्तिम  खेल मंगलबार साँझ पौने ८ बजेबाट हुनेछन्। खेलमा पेरुले अस्ट्रेलियाको सामना गर्दा सोही समयमा फ्रान्स र डेनमार्क आमने सामने हुनेछन्।

समूह 'सी'मा रहेका यी  चार टिममध्ये फ्रान्सले दुई खेलमा दुई खेल नै जित्दै यसअघि नै दोस्रो चरणमा प्रवेश गरिसकेको छ। डेनमार्कले भने दुई खेलमा एक खेल जित र एक खेलमा बराबरी गर्दै चार अंकका साथ दोस्रो स्थानमा छ। मंगलबार फ्रान्ससँग बराबरी गरे मात्रै पनि डेनमार्कले दोस्रो चरणमा स्थान बनाउने छ। उसले यसअघि अष्ट्रेलियासँग बराबरी खेलेको थियो भने पेरुलाई १–० गोल अन्तरले पराजित गरेको थियो। दुवै खेलमा पराजित भएको पेरु भने एक खेल अगावै विश्वकपबाट बाहिरिएको छ। उसले दुई खेलमा कुनै पनि अंक बनाउन सकेको छैन। 

त्यस्तै समूह 'डी'का खेल भने मंगलबार राति पौने १२ बजेबाट हुनेछन्। समूह चरणको अन्तिम खेलमा अर्जेन्टिनाले नाइजेरियासँग खेल्दा क्रोयसियासँग आइस्ल्याड खेल्ने छ। यस समूहमा क्रोयसिया यसअघि नै अन्तिम १६ मा प्रवेश गरेको छ। उसले अर्जेन्टिना र नाइजेरियालाई पराजित गरेको छ। उपविजेताको भने अझै टुंगो लागेको छैन। आफ्नो पहिलो खेलमा अर्जेन्टिना आइसल्याण्डसँग बराबरीमा रोकिँदा क्रोयसियासँग ३–० गोल अन्तरको लज्जास्पद हार व्यहोरेको थियो। त्यस्तै, नाइजेरियाको तीन अंक रहेको छ। उसले आइसल्याण्डलाई २–० गोल अन्तरले पराजित गरेको थियो। अाइसल्याण्डकाे पनि समान खेलबाट एक अ‌ंक रहेकाे छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.